अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१२ | Colorodo: 00:27

कांग्रेस केन्द्रीय समित वैठक– नेविसंघको म्याद दुई महिना थप्न सभापति देउवाको प्रस्ताव

बिआरटीनेपाल २०७५ मंसिर २ गते ८:२३ मा प्रकाशित

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेपाल विद्यार्थी संघ वर्तमान कार्यसमितिको म्याद दुई महिना थप्ने प्रस्ताव पेश भएको छ । आईतबार ढिला गरी सुरु भएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले म्याद थप्ने प्रस्ताव राख्नुभएको बताईएको छ । यसअघि वैठकमा केन्द्रीय सदस्य गुरु घिमिरेले नेविसंघले सिफारिस गरेको विधान प्रस्तुत गर्नुभएको थियो ।

नेवि संघको वर्तमान कार्यसमितिको म्याद आज सकिँदैछ । २ वर्षमा महाधिवेशन गर्न नसकेपछि विधानअनुसार तीन महिना म्याद थपिएको थियो । तर, यो अवधिमा पनि महाधिवेशन हुन सकेको थिएन । बरु ३२ वर्ष उमेर हद लागू गर्ने निर्णयलाई लिएर माउ पार्टी कांग्रेसमा शीर्ष नेतृत्वबचि विवाद देखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू