अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५५ | Colorodo: 16:10

नेकपा नेता भरतमोहन अधिकारीको बिराटनगरमा नागरिक अभिनन्दन

बिआरटीनेपाल २०७५ मंसिर १ गते ६:५८ मा प्रकाशित

नेकपाका नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई विराटनगरमा नागरिक अभिनन्दन गरिएको छ । ८२ बर्षीय अधिकारीलाई जेष्ठ नागरिक सम्मानसहित नागरिक अभिनन्दन गरिएको हो । भरतमोहन अधिकारी अभिनन्दन मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा प्रदेश १ का प्रमुख डां गोविन्द सुब्बाले विषेश कदर पत्र, मुख्यमन्त्री शेरधन राईले टोपी र दौसल्ला ओढाएर अधिकारीलाई सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा वोल्दै प्रदेश प्रमुख डा. सुब्बाले नेपाली राजनितिप्रति प्रतिवद्ध र इमान्दार छवि बनाउन सफल कर्मठ व्यक्ति भएको भन्दै अधिकारीको प्रशंसा गर्नुभयो । मुख्यमन्त्री शेरधान राईले अधिकारी आफनो राजनीतिक जीवनको प्रेरणाको स्रोत भएको बताउनुभयो । ०६२/०६३ सालको जनआन्दोलन तथा संविधान लेखन लगायत विषयमा मा अधिकारीको योगदानलाई मुलुकले भुल्न नसक्ने राईको भनाई थियो ।

अभिन्दित नेता अधिकारीले धेरै कारणले विराटनगरको आफनै गरिमामय इतिहास रहेको भन्दै विराटनगरलाई प्रदेश एकको स्थायी राजधानी बनाउनुपर्ने धारणा राख्नुभयो । मुलुकलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउनुपर्ने भन्दै नेता अधिकारीले अहिले सबै मिल्नुपर्ने आवश्यकता औल्याउनुभयो । २०४६ सालको राजनीतिक आन्दोलन अगाडिसम्म विराटनगरमा ल र्फम चलाएर बस्नुभएका अधिकारी आन्दोलनसँगै पूर्णकालीन राजनीतिमा लाग्नुभएको थियो । मनमोहन अधिकारी नेतृत्वमा बनेको ९ महिने सरकारमा अर्थमन्त्री रहेका अधिकारीलाई ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने कार्यको प्रारम्भ गराएको श्रेय समेत जाने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू