अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३९ | Colorodo: 06:54

काँग्रेस पार्टी कार्यालय अगाडि नेविसंघ कार्यकर्ताद्वारा नाराबाजी

बिआरटीनेपाल २०७५ मंसिर १ गते २:५० मा प्रकाशित

काँग्रेस केन्द्रीय पार्टी कार्यालय अगाडि भातृसंगठन नेवि संघका नेता कार्यकर्ताले नारावाजी गरेका छन् । आज दिउँसो २ बजेका लागि बोलाइएको काँग्रेस केन्द्रीय समिति बैठक सुरु हुन ढिलाई भएसंगै उनीहरु नारावाजीमा उत्रिएका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा नेविसंघका नेता कार्यकर्ताले चर्को नाराबाजी थालेपछि बैठक प्रभावित बन्न पुगेको छ । नेविसंघभित्रको रामचन्द्र पौडेल र कृष्ण सिटौला निकटका नेता कार्यकर्ताले तत्काल महाधिवेशनको माग गर्दै पार्टी नेतृत्वविरुद्ध नाराबाजी गरेका हुन् ।

उनीहरुले टीकेप्रथाबाट नेविसंघको नेतृत्व ल्याइन खोजिएको, विधान पारित गर्न ढिलाइगरिएको लगायतमा असन्तुष्टि जनाउँदै सभापति शेरबहादुर देउवालगायतका नेताहरुविरुद्ध नाराबाजी गरेको वुझिएको छ । पार्टी कार्यालय अगाडी नाराबाजी गर्ने हरुमा नेविसंघ नेताहरु सरोज काफ्ले, सुशील भट्टलगायतका नेविसंघका प्रभावशाली नेताहरुका साथै कार्यकर्ताहरु रहेका छन् । काँग्रेसको आजको बैठकमा भोलिदेखि नेविसंघ स्वत विघटन हुने भएकाले कसरी अघि बढ्ने भन्नेमै छलफल केन्द्रीत रहने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू