अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०८ | Colorodo: 23:23

बुटवल हर्न निषेधित क्षेत्र घोषणा

बिआरटीनेपाल २०७५ मंसिर १ गते २:२५ मा प्रकाशित

प्रदेश ५ को राजधानी बुटवललाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । शनिबारदेखि पुरा बुटवललाई हर्न निषेधित शहर घोषण गरिएको हो । ठुला वा साना सवारी साधनले हर्न बजाउँदा ध्वनी प्रदूषण भएकाले हर्न निषेधित क्षेत्र घोषणा गरिएको प्रदेश नम्बर ५ का वरिष्ठ प्रहरी उपरिक्षक नर बहादुर केसीले जानकारी दिनुभयो । बुटवल उपमहानगर र ट्राफिक प्रहरी कार्यालय प्रदेश ५ को संयुक्त प्रयासमा पहिलो चरणमा बुटवललाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर ५का प्रमुख प्रहरी उपरिक्षक गणेश चन्दले बताउनुभएको छ ।

बुटवलको तिनाउ पुल देखि गोलपार्क, राजमार्ग चौराह हुदै वेसक्याम सम्मको नगरको एरियामा शनिवार देखि हर्न निषेधित गरिएको हो । कार्यक्रम अन्तर्गत एक महिना सचेतना अभियान चलाइनेछ भने त्यसपछि अटेर गर्नेलाई कारवाही गरिने छ । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गणेश चन्दले स्थानिय सरकारसँग समन्वय गरि अभियानलाई तिव्रता दिइने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू