अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५३ | Colorodo: 11:08

मुलुक समृद्धिको बाटोमा – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ कार्तिक २८ गते ७:२० मा प्रकाशित

नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा अगाडि वढेको बताउनुभएको छ । बुधबार चीनका पर्यटन तथा संस्कृतिमन्त्री लु सुगाङ संग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले उक्त कुरा बताउनुभएको हो ।

सो अवसरमा उहाँले नेपालले हिड्न थालेको समृद्धिको बाटोमा मित्र राष्ट्रहरुबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।
समृद्धिको लक्ष्य हासिल गर्नका लागि मित्र राष्ट्रहरुबाट सहयोग अपेक्षा गरिएको छ र त्यसमा पनि नजिकका छिमेकीहरुबाट थप सहयोगको अपेक्षा गरिएको प्रधानमन्त्री ओलीको भनाईलाई उधृत गर्दै उहाँका परराष्ट्र सल्लाहाकार डा.राजन भट्टराईले जानकारी दिनुभयो ।

भेटमा प्रधानमन्त्री ओलीले नेपाल र चीन सदियौदेखिको सम्बन्ध रहेको स्मरण गर्दै दुवै देश हिमालको वारिपारि बसेका र, एउटै हिमालको मुलको पानी खाएका छिमेकी रहेको बताउनुभयो । नेपाल र चीन भूगोल, संस्कृति, रहनसहन र जनस्तरबाट पनि अत्यन्तै नजिक रहेको प्रधानमन्त्री ओलीको भनाई थियो ।

सो अवसरमा चिनियाँ मन्त्री सुगाङले नेपाल भ्रमण वर्ष २०२० मा अधिकतम संख्यामा नेपालमा पर्यटक भित्र्याउने चीनको तयारी रहेको जानकारी गराउनुभयो । गतवर्षको तुलनामा यस बर्ष नेपाल भ्रमण गर्ने पर्यटक ४८ प्रतिशतले वृद्धि भएको मन्त्री सुगाङले बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू