अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:११ | Colorodo: 16:26

सरकारी सेवामा आकर्षण चुलियोः ५९०० जनाको माग, आवेदन ५,७१,३२२

बिआरटीनेपाल २०७५ कार्तिक २४ गते १८:४३ मा प्रकाशित

काठमाडौं– सरकारी सेवामा प्रवेश गर्नेको आकर्षण ह्वात्तै बढेको छ । लोकसेवा आयोगका अनुसार गत आर्थिक वर्ष २०७४–७५ मा माग संख्या भन्दा ९५ गुणा बढीले परीक्षाका लागि आवेदन दिएका छन् । 
आयोगले विभिन्न पदमा ५ हजार ९७० सिटका लागि दरखास्त आह्वान गरेको थियो । ती पदमा जागिर खानका लागि ५ लाख ७१ हजार ३२२ जनाले दरखास्त दिएको आजको राजधानी दैनिकमा खबर छापिएको छ । दरखास्त दिनेमा महिलाको  संख्यामात्रै ५२ प्रतिशत थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू