अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३८ | Colorodo: 21:53

अमेरिकामा आज मध्यावधि निर्वाचन, राष्ट्रपति ट्रम्पको कार्यकालको मूल्यांकन हुँदै

बिआरटीनेपाल २०७५ कार्तिक २० गते ८:३१ मा प्रकाशित

अमेरिकामा आज मध्यावधि निर्वाचन हुँदैछ । यो निर्वाचनलाई राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकालको परीक्षणका रूपमा हेरिँदैछ । चुनावी नतिजाले ट्रम्पको बाँकी दुईवर्षे कार्यकाल कस्तो हुने भन्ने निर्क्योल गर्नेछ । अमेरिकी तल्लो सदन प्रतिनिधिसभाका सबै ४३५ स्थान र माथिल्लो सदन सिनेटका १०० मध्ये ३५ स्थानका लागि चुनाव हुन लागेको हो ।

निर्वाचन वाक् एवम् धार्मिक स्वतन्त्रताका निम्ति जनमतसंग्रह सरह हुने ट्रम्पले बताउनुभएको छ । । गत अगस्टमा ट्रम्पले संसदीय चुनावमा विपक्षी डेमोक्रेटिक पार्टीले जिते आफ्ना नीतिहरू हिंसात्मक रूपले उल्ट्याइने चेतावनी दिनुभएको थियो ।
निर्वाचन मार्फत डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभामा पुनः नियन्त्रण कायम गर्न चाहेको छ भने रिपब्लिकन पार्टीले सिनेटमा आफ्नो पकड बलियो पार्न चाहेको छ । चुनावी अभियानका क्रममा राष्ट्रपति ट्रम्पले आज प्राप्त उपलब्धिहरु भोलिका लागि लगानी भएको बताउनुभएको थियो ।

यसैगरी, पूर्वराष्ट्रपति बाराक ओबामाले देशको चरित्र र सार्वजनिक जीवनमा मानिसहरूले आफूलाई कसरी अघि बढाए भन्ने कुरा मतपत्रमार्फत् व्यक्त हुने बताउनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू