अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१० | Colorodo: 15:25

डेनभरमा ब्लड डोनेसनको कार्यक्रम हुँदै

बिआरटीनेपाल २०७५ कार्तिक १७ गते ८:५० मा प्रकाशित

रक्तदान गरौँ जीवन बचाऔँ भन्ने नारासहित अमेरिकाको कोलोराडो राज्यको डेनभर सहरमा शनिवार डिसेम्बर १५, २०१८ का दिन बिहान १० बजे देखी ६ सम्म ब्लड डोनेसनको कार्यक्रम हुने भएको छ । अरोरा हिमालयन लायन्स क्लब, ब्लड डोनर्स अफ अमेरिका र बिआरटी नेपाल डट कमको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुने भएको छ ।

उक्त दिन बिहान १० बजे देखि सुरु हुने कार्यक्रममा डेनभर स्थित बोन्फिल्ड रक्तदान केन्द्रमा रक्तदान गर्ने सकिने छ । रक्तदान गर्न कुनै समय लिनु नपर्ने उक्त समय भित्र गएर रक्तदान गर्न सकिने छ । रक्तदान कार्यक्रममा आयोजकले सहभागिताको लागि सबैैैलाई अपिल गरेको छ ।

प्रतिक्रिया