अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार

बिआरटीनेपाल २०७५ कार्तिक १४ गते ९:३५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारमा रहनुभएका प्रधानमन्त्री ओलीलाई नसाबाट दिइँदै आएको औषधिसमेत बिहीबारदेखि बन्द गरिने उपचार टोलीका संयोजक प्रा. डा. अरुण सायमीले जानकारी दिनुभयो ।

उपचाररत् प्रधानमन्त्री ओलीलाई फिजियोथेरापी समेत गराइएको छ । प्रधानमन्त्री ओलीको बुधबार बिहान सबै परीक्षण गरिएको र सन्तोषजनक नतिजा आएको चिकित्सकहरुले बताएका छन् । प्रधानमन्त्री ओलीले बुधबार बिहान सरकारका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा सित मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल समेत गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीलाई दिइएको एन्टिबायोटिकको ‘डोज’ पूरा भएपछिमात्र डिस्चार्ज गरिने अस्पतालले जनाएको छ । चिकित्सकहरुले प्रधानमन्त्रीलाई अझै दुई÷ तीन दिन अस्पतालमै बसेर आराम गर्न सुझाव समेत दिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू