अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१० | Colorodo: 04:25

सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, एक जनाको मृत्यु, ७ घाईते

बिआरटीनेपाल २०७५ कार्तिक १३ गते ८:५४ मा प्रकाशित

सर्लाहीको रामनगर गाउँपालिका–४ मा मंगलबार विहान नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा १ जनाको मृत्यु भएको छ । उक्त घटनामा ७ जना घाइते भएका छन् । सोमबार विहान सोही वडाका वडाध्यक्ष रामनरेश महतोमाथि भएको कुटपिटको विषयलाई लिएर झडप भएको प्रहरीले जनाएको छ ।

आज बिहान करिव २ सयकोे संख्यामा पुगेका नेकपाका कार्यकर्ताहरुले कुटपिट तथा गोली चलाउँदा वडाध्यक्ष महतोका काका ५५ बर्षीय राम बिलास महतोको मृत्यु भएको जनाईएको छ । घाइते हुनेहरुमा सोही वडाका महदेव राय, बिबेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारायण महतो, प्रेम नारायण महतो, मुकेश प्रसाद महतो रहेका छन् ।

झडपका क्रममा १० वटा घरमा पनि समेत तोडफोड भएको छ । नेकपाका कार्यकर्ताहरुले वडाध्यक्ष महतोको घरमा समेत तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यालयले भने आफूहरुले घटनावारे बुझिरहेको जनाएको छ । प्रहरीले आरोपीहरुलाई पक्राउ नगरी संरक्षण गरेको स्थानीयको आरोप रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू