अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१७ | Colorodo: 19:32

राष्ट्रपति विद्यादेवी भण्डारी कतार प्रस्थान

बिआरटीनेपाल २०७५ कार्तिक १२ गते ९:२९ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारी कतारको औपचारिक भ्रमणका लागि सोमवार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । कतारका अमिर शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी कतार एयरको विमानमार्फत् त्यसतर्फ प्रस्थान गर्नुभएको हो । राष्ट्रपति भण्डारीलाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुनले बिदाई गर्नुभएको थियो ।

कतार भ्रमणको क्रममा राष्ट्रपति भण्डारी र कतारका अमिरबीच मंगलवार दोहामा औपचारिक भेटवार्ता हुने जनाईएको छ । भेटमा उहाँहरुवीच नेपाल र कतारबीच द्विपक्षीय हितका विविध विषयमा सम्झौता गर्ने कार्यक्रम तय भएको छ । नेपाल र कतारवीच कृषि तथा पशुपंक्षी विकास, स्वास्थ्य, सुरक्षा सहयोग, प्रेस तथा सूचना र कुटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञा छुट दिने समझदारीपत्रमा हस्ताक्षर गरिने वताईएको छ । राष्ट्रपति भण्डारी कतार भ्रमण पुरा गरी यही कात्तिक १५ गते स्वदेश फर्कने कार्यक्रम छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू