अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०१ | Colorodo: 20:16

देशमा एकता, मेलमिलाप र समृद्धिको जिम्मा सत्तापक्षको हातमा रहेको : काङ्ग्रेस सभापति देउवा

बिआरटीनेपाल २०७५ कार्तिक १० गते १०:०३ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले देशमा एकता, मेलमिलाप र समृद्धिको जिम्मा सत्तापक्षको हातमा रहेको बताएका छन् ।

विजयादशमी, दिपावली, नेपाल संवत् र छठका अवसरमा नेपाल कम्युनिष्ट पार्टीको (नेकपा)ले आज राजधानीको भृकुटीमण्डप बगैँचामा आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै प्रमुख प्रतिपक्षी दलका सभापति देउवाले सो धारणा व्यक्त गरेका हुन् ।

देश अब मेलमिलाप, एकता र समृद्धिमा जान लागेको हो ? भन्ने सञ्चारकर्मीको जिज्ञाशामा उनले भने, “मेलमिलाप र समृद्धिमा जानुपर्छ, तर यो सबै कुरा सत्तापक्षको हातमा छ ।” 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू