अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५३
| Colorodo: 07:08
प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ । अस्वस्थताका कारण उहाँ पार्टीले आज आयोजना गरेको चियापान कार्यक्रममा समेत उपस्थित हुन सक्नुभएन । चियापान कार्यक्रममा प्रधानमन्त्री ओली अपरान्ह ३ बजे आउने भनिएको थियो । तर, अन्तिम समयमा स्वास्थ्य स्थिति विग्रिएपछि उहाँ सहभागी हुन नसकेको एमाले महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।
नेकपाले दशैं, तिहार र छठ पर्वको अवसरमा शनिबार काठमाडौंको भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नेता कार्यकर्ता तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो । चियापानमा सहभागीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतले स्वागत गर्नुभएको थियो ।