अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०८ | Colorodo: 11:23

दसैंमा मासु : थोरै खाए प्रोटिन, धेरै खाए दुर्दिन

बिआरटीनेपाल २०७५ असोज २९ गते २०:३७ मा प्रकाशित

काठमाडौं – दसैंको बेला मासुका परिकार खाँदा ख्याल गर्नुहोस् । सन्तुलन मिलाएर मासु खाँदा शरीरलाई प्रोटिन मिल्छ । धेरै खाँदा भने स्वास्थ्यमा गडबडी हुन्छ । 

मासुमा प्रोटिन पाइने हुँदा शारीरिक विकासमा सहयोग गर्छ । तर कति खाने ? धेरै प्रोटिनयुक्त खानेकुराले फाइदा साटो हानि गर्छ । शरीरमा उच्च रक्तचाप र युरिक एसिड बढाउँछ ।

थोरै मासु खाए पनि शरीरलाई चाहिने प्रोटिन भरपुर पुग्ने वरिष्ठ पेटरोग विशेषज्ञ प्राडा विधाननिधि पौडेल बताउँछन् ।

‘सयदेखि डेढसय ग्राम मासु खाए हुन्छ । एक व्यक्तिले एक पाउभन्दा थोरै खाँदा नै फाइदा हुन्छ । धेरै खाँदा हानि गर्छ ।’ डा पौडेलले भने ।

पशुको टाउको, आन्द्राभुँडी र रक्ति सेवन नगर्न चिकित्सकको सुझाव छ ।  आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू