अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३३ | Colorodo: 11:48

बहु प्रतिक्षित पुस्तक “चेन्ज योर फ्युचर” सार्वजनिक

विजय थापा २०७५ असोज २९ गते १४:४३ मा प्रकाशित

जीवनसँग जोडिएका हरेक प्रसङ्ग देखि व्यापारका वैज्ञानिक सूत्र देखी जीवनका पाना पानालाई केलाएर तयार पारिएको बहु प्रतिक्षित पुस्तक “चेन्ज योर फ्युचर” सार्वजनिक भएको छ ।

“चेन्ज योर फ्युचर” लाई न्यु योर्क निवासी चर्चित युवा लेखक राजन थपलिया र एन आर एन अमेरिकामा पूर्व वरिष्ठ उपाध्यक्ष तथा युवा नेता कृष्ण पोख्रेल द्वारा लेखिएको कृति हो। उक्त किताब को कभर आर्ट लन्डन निवासी निकै लोकप्रिय डिजाइनर एम. एम. रैनी ले गरेकी हुन। उक्त किताबको कभर तस्बिर ले नै जीवन प्रतिको आशा उत्साह र परिवर्तन को झझल्को दिन्छ।

२५६ पेज रहेको उक्त पुस्तकमा १२ वटा खण्डहरू रहेका छन्। किताबमा जीवनका दर्शन देखि, यौन, विवाह, प्रेम , स्वास्थ्य , ब्यायम्, अमेरिकामा स्थापित हुने, राम्रा विश्व विद्यालयहरू छान्ने तरिका देखि जीवनको कुन उमेरमा के गर्ने भन्ने समेत हरेक पाटोलाई सरल ढङ्गबाट केलाइएको उक्त किताब अनन्त सार्वजनिक भएको छ।

जीवन प्रतिको कर्तव्य साथै, घर मै बसेर पनि आयआर्जन गर्ने सकिने तरिकाहरू देखी सफल हुने हरेक विषयलाई समेटिएको छ। उक्त पुस्तक अनुसन्धान मूलमा आधारित पुस्तक हो ।

विशेष गरे अमेरिकाको हरेक राज्यमा घर पुर्‍याउने (होम डेलिभरी)को सुविधा पनि उपलब्ध छ । केही दिन पछि उक्त किताब अ्मेजन मार्फत विश्व भर का पाठकहरूले मगाउन सक्ने छन्। उक्त पुस्तकलाई केपी म्यानेजमेन्ट र न्यु योर्क सिटी पोस्टले बजारमा ल्याएको हो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू