अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४१ | Colorodo: 00:56

पार्टी शीर्ष नेतृत्वमा रहेको अविश्वास अन्त्य– प्रचण्ड

बिआरटीनेपाल २०७५ असोज २८ गते ९:२६ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको शीर्ष नेतृत्ववीच रहेको अविश्वास अन्त्य भएको वताउनुभएको छ । वामदेव गौतम प्रकरणले पार्टी नेतृत्वबीच अविश्वास जन्माएको स्वीकार गर्दे उहाँले उक्त प्रकरण समाप्त भएसंगै शीर्ष तहमा अविश्वासको अवस्था नरहेको दाबी गर्नुभयो । नेकपाका ३ नम्बर प्रदेश कमिटीका पदाधिकारीहरुसँग आइतबार भएको छलफलमा अध्यक्ष प्रचण्डले केही अविश्वास र असमझदारीको अवस्था सिर्जना भएपनि त्यसको सुरक्षित अवतरण भइसकेको वताउनुभयो । अध्यक्ष प्रचण्डले अहिलेको अवस्थामा सरकारको आलोचना गर्ने भन्दा पनि सरकारलाई बलियो बनाउन पार्टी एकढिक्का हुनुपर्नेमा पनि जोड दिनुभएको छ ।

प्रदेश ३ कमिटीका इन्चार्ज अष्टलक्ष्मी शाक्य, सहइन्चार्ज हितबहादुर तामाङ, अध्यक्ष नारायण दाहाल र सचिव आनन्द पोखरेलले विहान निवासमै पुगेर प्रचण्डलाई भेटेका थिए । उनीहरुले यसलाई प्रदेश कमिटीको बैठक भनेका छन् । अर्का अध्यक्ष ओलीसँग पनि भेट्ने समय मिलाउन लागिएको इन्चार्ज शाक्यले जानकारी दिनुभयो । बैठकमा शाक्यले स्थायी कमिटी बैठक नबोलाइएको भन्दै नेतृत्वको आलोचना गर्नुभएको थियो । पार्टीमा बैचारिक छलफल बहस हुन छाडेको र बैठकबाट नेतृत्व तर्किने गरेको भन्दै शाक्यले तत्काल पार्टीलाई जीवन दिनुपर्ने वताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू