अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०० | Colorodo: 14:15

सरकारले प्रेसमाथि अंकुश लगायो– कांग्रेस सभापति देउवा

बिआरटीनेपाल २०७५ असोज २६ गते ९:२१ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले प्रेसमाथि अंकुश लगाउने काम गरेको आरोप लगाउनुभएको छ । मुलुकको सरकार प्रेस र मानवताको हुनुपर्ने भएपनि लेख्ने, बोल्ने स्वतन्त्रता माथि हस्तक्षेप गरिएको उहाँको आरोप छ । प्रेस युनियन चितवनको आठौं जिल्ला अधिवेशन समुद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले कुनै पनि बहानामा प्रेसमाथि अंकुश लगाउन नपाईने वताउनुभयो ।

प्रेसमाथिको बाधा र अवरोध कांग्रेसलाई सह्य नहुने बताउँदै सभापति देउवाले हस्तक्षेपको प्रतिकार गर्ने चेतावनी दिनुभयो । कांग्रेस नेतृत्वमा रहँदा बनाएको संविधान नेपालीका लागि उपयुक्त भएपनि कार्यान्वयन नभईरहेको उहाँको भनाई थियो ।
यसैबीच, अधिवेशनको अवसरमा सभापति देउवाले प्रेस युनियन चितवनको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको थियो भने चिजकुमार–विष्णुकुमारी श्रेष्ठ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत तीन जना पत्रकारलाई पुरस्कार प्रदान गर्नुभएको थियो । पुरस्कारबाट बरिष्ठ पत्रकार किशोर नेपाल, कुलचन्द्र वाग्ले, तेजप्रकाश पण्डितलाई पुरस्कृत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू