अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२४ | Colorodo: 19:39

बल्ल बोल्यो कांग्रेस

बिआरटीनेपाल २०७५ असोज २२ गते १९:२२ मा प्रकाशित

काठमाडौं २३ असोज । : केही यता मौन देखिएको कांग्रेसले राष्ट्रिय मुद्दाहरूमा मुख खोलेको छ। उसले सरकारका केही विवादित निर्णय र अनियमितताबारे कडा प्रतिवाद गरेको छ। आइतबार रातिसम्म बसेको कांग्रेस केन्द्रीय समिति बैठकले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियामा देखिएको अनियमितताबारे छानबिन गर्न माग गरेको छ।

बैठकले विमान खरिद प्रक्रियामा देखिएको अनियमिता छानबिन, बुढीगण्डकी जलविद्युत् परियोजना चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय, सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकिएमा पुनर्विचार गर्न, निजगढ विमानस्थल बनाउन प्राथमिकता दिन र त्यसका नाउँमा भइरहेको जंगल फँडानी तत्काल रोक्न समेत माग गरेको छ।

नेपाल वायुसेवा निगमले खरिद गरेको विमानहरूमा व्यापक अनियमिता भएको खबर सार्वजनिक भएको भन्दै कांग्रेसले दोषीलाई कानुनी दायरामा ल्याउन भनेको छ। ‘ठूलो आर्थिक अनियमिता र अपारदर्शिता देखिएको विमान खरिद प्रकियाबारे छानबिन गरेर त्यसको सम्पूर्ण जानकारी जनतासामु सार्वजनिक गनु पर्छ’, सोमबार जारी विज्ञप्तिमा भनिएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा चाडबाड आउनै लाग्दा सरकारले गरेको मूल्यवृद्धि फिर्ता गर्न पनि माग गरिएको छ। कांग्रेसले यसका लागि सबै जिल्लामा प्रमुख जिल्ला अधिकारी र केन्द्रमा सरकारमा सचेत गराउँदै ज्ञापत्र पत्र बुझाउने भएको छ।

बुढीगण्डकी जलविद्युत् परियोजना पुनः गेजुवा कम्पनीलाई दिन लागेकोमा पनि कांग्रेसले आपत्ति जनाएको छ। अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू