अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३४ | Colorodo: 16:49

सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपाको चेतावनीे

बिआरटीनेपाल २०७५ असोज २२ गते ९:३० मा प्रकाशित

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । राजपाले आज सरकारलाई एब ज्ञापनपत्र वुझाउदै यस्तो चेतावनी दिएको हो । यसअघि, संविधान संशोधन प्रक्रिया अगाडि बढाउने र मधेस थरुहट आन्दोलनसँग सम्बन्धी मुद्दा समाधान गर्ने प्रतिवद्धता जनाएपछि उसले सरकारलाई सर्मथन गरेको थियो । तर, प्रतिवद्धता पुरा नभएको भन्दै राजपाले समर्थन फिर्ता लिने चेतावनी दिएको छ ।

राजपाले आफूसँग भएको सहमति सरकारको प्राथमिकतामा नपरेको गुनासो गरेको छ । सरकार गठन भएको ७ महिना बितिसक्दा पनि सरकारको तर्फबाट अहम सवालहरुमा हालसम्म कुनै पहल नहुनु दुर्भाग्यपूर्ण रहेको ज्ञापन पत्रमा उल्लेख छ ।
राजपाले आन्दोलनका क्रममा लगाइएको मुद्दा फिर्ता लिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई सपथ ग्रहण गराउनुपर्ने, संविधान संशोधन प्रक्रिया अगाडि बढाउनुपर्ने लगायतका माग राख्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू