अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०५ | Colorodo: 08:20

नेपाली राजदूतावास वासिङ्टन डिसीले यसरी मनायो नेपाल राष्ट्रिय दिवस

विजय थापा २०७५ असोज २० गते ७:२४ मा प्रकाशित

वासिङ्टन डिसी स्थित नेपाली राजदूतावासले गत अक्टोबर ५ तारिख शुक्रवारका दिन नेपाल राष्ट्रिय दिवस भव्यताको साथ मनाएको छ। नेपाल राष्ट्रिय दिवस स्वागत समारोहमा आमन्त्रित विशेष अतिथि, कूटनीतिज्ञ तथा नेपाली समुदायहरूको बाक्लो उपस्थितिमा रहेको थियो । 

उक्त स्वागत समारोहमा नेपाल तथा अमेरिकाको राष्ट्रिय धुन बजाई कार्यक्रमको शुभारम्भ गरिएको थियो । अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कुमार कार्कीले सबै अतिथि तथा नेपाली समुदायलाई स्वागत गर्नु भएको थियो । साथै वहाँले नेपालको नयाँ संविधान २०१५ जारी भएको ३ वर्ष पुगेको बताउनु भयो ।

राजदूत डा कार्कीले विभिन्न राष्ट्रका राजदूत ,कूटनीतिज्ञ तथा प्रतिनिधिहरूलाई नेपाल सरकार अत्यन्तै खुसी छ भन्दै यहाँहरूले लामो समय देखि नेपाललाई गर्नु भएको सहयोगको लागि धन्यवाद दिनु भयो । साथै आगामी दिनमा सहयोग पाउने अपेक्षा गरेको भन्दै हाम्रा सम्बन्धहरू अझ मजबुत हुने छन् भन्नु भयो ।

साथै अमेरिकाले नेपाललाई गरेको सहयोगको प्रशंसा गर्दै अझ आगामी दिनमा यस्तै सहयोग पाउने आशा गरेको बताउनु भयो ।अन्त्यमा राजदूत डा कार्कीले आगामी दिनमा नजिकिँदै गरेको महान् दसैँको उपलक्ष्यमा समेत शुभकामना दिनु भयो । 

साथै परराष्ट्र सचिव शङ्कर दास वैरागीले उपस्थित सबैलाई धन्यवाद दिँदै अमेरिकी सरकारकाले नेपाललाई दिएको सहयोगको प्रशंसा र सम्बन्ध बारेमा चर्चा गर्नु भयो । यसै गरी दक्षिण तथा मध्य एसियन मामला विभागका कार्यवाहक उप सहायक सचिव डेविड रेन्जले पनि नेपालको राष्ट्रिय दिवसको उपलक्ष्यमा डा राजदूत कार्की तथा नेपाल सरकारलाई बधाई दिनु भएको थियो ।

डेविड रेन्जले अमेरिकाले मिले नियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यक्रम मार्फत नेपाललाई ५० करोड अमेरिकी डलर सहयोग गरेको चर्चा गर्नु भयो । अमेरिकी सरकारको मिले नियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत नेपाल यो सुविधा पाउने दक्षिण एसियाली क्षेत्रको एक मात्र देश हो ।

उक्त औपचारिक कार्यक्रम पछि अमेरिका नेपाल सोसाइटी(एएनएस )का युवा टोलीको तर्फबाट नृत्य प्रस्तुत गरिनु को साथै नेपाल बाट आएका बिधार्थीहरुले समेत तामाङ सेलो गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

यसको साथै विदेशीहरूको समेत उपस्थिति रहेकोले श्याम नेपाली टोलीको तर्फ बाट सारङ्गी ,मादल तथा बाँसुरीको साङ्गीतिक धुन बजाइएको थियो । नेपाल दिवसमा राजदूतावासका फोटो छायाचित्रकार कुमार श्रेष्ठले बनाएका विगत देखि हाल सम्म खिचेका चित्रकलाको समेत प्रदर्शन गरिएको थियो ।

कार्यक्रम सञ्चालन सन् २०११ कि मिस नेपाल युएस कि विजेता सुजिता बस्नेतले गर्नु भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू