अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३५ | Colorodo: 03:50

गायक दीपेश किशोरले कोलोराडो तताउने

बिआरटीनेपाल २०७५ असोज १५ गते १८:४७ मा प्रकाशित

कोलोराडोमा रहेको सबभन्दा पुरानो संस्था रक्की माउन्टेन फ्रेन्डस अफ नेपालले नियमित रूपमा नेपाली नयाँ वर्ष, दसैँ तिहार शुभकामना साँझ आदी गर्दै आएको छ । यसै क्रममा यो पल्ट अक्टोबर १३, शनिवार साँझ ५ बजे देखी दसैँ तिहार शुभकामना साँझ २०१८ आयोजना गर्दैछ । उक्त कार्यक्रममा कोलोराडोकै गायक दीपेश किशोर भट्टराईले सबैलाई नचाउने भएका छन् । साथै सम्झना पाण्डे र इसा कार्कीले पनि आफ्नो सुमधुर गीत प्रस्तुत गर्ने छन् ।

कार्यक्रममा जान १५ डलर तिर्नु पर्ने छ । उक्त १५ डलर भित्रै डिनरको पनि व्यवस्था गरिएको छ । उक्त कुराको जानकारी रक्की माउन्टेन फ्रेन्डस अफ नेपाल अध्यक्ष विनोद त्रिपाठीले बिआरटि नेपाललाई दिए । उक्त कार्यक्रममा दीपेश, सम्झना, इसा लगायत अन्य स्थानीय कलाकारहरूको प्रस्तुति पनि रहने छ । रक्की माउन्टेन फ्रेन्डस अफ नेपालले सम्पूर्ण कोलोराडोवासीलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गरेको छ ।  

प्रतिक्रिया