अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५६ | Colorodo: 19:11

करसम्बन्धी समस्या समाधान गर्न सरकार प्रतिबद्ध –कार्यवाहक प्रधानमन्त्री पोखरेल

बिआरटीनेपाल २०७५ असोज १५ गते ९:१२ मा प्रकाशित

नेपाल सरकारका कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले सर्वसाधारणलाई मारमा पार्ने कुनै पनि प्रकारका करको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको वताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य महासङ्घको ३९ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री पोखरलेले कुनै पनि स्थानीय, प्रदेश तथा सङ्घीय तहको सरकारले जनतालाई समस्या उत्पन्न हुने कुनै पनि प्रकारको कर तथा दोहोरो कर नलगाएको स्पष्ट पार्नुभयो । वर्तमान समयमा स्थानीय, प्रदेश तथा सङ्घीय सरकारबीच आवश्यक पर्ने कानून बनि नसकेका कारण पनि यस्ता प्रकारका समस्या उत्पन्न भएको हुनसक्ने उहाँको भनाई थियो ।

पछिल्लो समय करको विषयमा आइरहेको चर्चाका बारेमा सरकार गम्भीर रहेको भन्दै मन्त्री पोखरेलले सत्यतथ्य रहित कुरामा अनावश्यक रुपमा कुनै पनि सरकारले कर लिएको भए सङ्घीय सरकारले त्यसको समाधान गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलले देशलाई आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीयलगायतको विकास गर्दै देशमा नै रोजगारीको वातावरण सिर्जना गर्नु अहिलेको आवश्यकता रहेको वताउनुभयो । सरकारले विकासको लहर सिर्जना गरिरहेको तर त्यसमा कतिपयले अवरोध सिर्जना गर्न खोजेको भन्दै राजनीतिमा प्रतिस्पर्धा र विकासमा ऐक्यबद्धता जनाउन सम्पूर्ण राजनीतिक दललाई उहाँले आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू