अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३३ | Colorodo: 23:48

नयाँ पुल निर्माण र मर्मतका लागी विश्व बैंकले तेह्र अर्ब रुपैयाँ ऋण दिने

बिआरटीनेपाल २०७५ असोज ११ गते ९:५१ मा प्रकाशित

विश्व बैंकले कम खर्चमा निर्माण हुने ४७७ भन्दाबढी पुलका लागि रु १३ अर्ब ३० करोडभन्दा बढी ऋण सहयोग उपलब्ध गराउने भएको छ । 

विश्व बैंकको प्रधान कार्यालय वासिङटन डिसीमा आज भएको बोर्ड बैठकमा नेपाललाई दोस्रो पुल सुधार तथा मर्मतसम्भार परियोजना कार्यान्वयन गर्न उक्त रकम ऋणस्वरुप प्रधान गर्ने निर्णय भएको बैंकले जनाएको छ ।

ऋणस्वरुप प्राप्त हुने उक्त रकमबाट ८० वटा दुई लेनका नयाँ पुल र ३५ वटा चार लेनका पुलको मर्मत सम्भारमा खर्च गरिनेछ । उक्त परियोजना सडक विभागले सञ्चालन गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू