अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०२ | Colorodo: 06:17

मुलुकी संहितासम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित

बिआरटीनेपाल २०७५ असोज ७ गते ९:२९ मा प्रकाशित

राष्ट्रियसभाले ’मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५ लाई पारित गरियोस’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । ’विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ माथि सदनमा छलफल गरियोस’ भन्ने प्रस्ताव कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले पेश गरेका गर्नुभएको थियो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्णायार्थ प्रस्तुत गरेको विधेयक सर्वसम्मतिले पारित भएको हो । प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद रामनारायण बिँडारी, जीतेन्द्रनारायण देव र विमला राईले समितिको प्रतिवेदन बैठकअघि नै सांसदलाई वितरण गर्ने व्यवस्था मिलाउन माग गर्नुभयो ।

त्यसैगरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोरखरेलले प्रस्तुत गरेको ’पारमाणविक विज्ञान तथा प्रविधिसम्बन्धी अनुसन्धान, विकास र तालीमका लागि सम्पन्न क्षेत्रीय सहयोग सम्झौतामाथि सामान्य छलफल गरियोस’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाको अर्को बैठक यही असोज ९ गते अपराह्न ३ बजे बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू