अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४० | Colorodo: 05:55

सर्वोच्वका न्यायधीश जोशीमाथि महाभियोग लगाउने तयारी

बिआरटीनेपाल २०७५ असोज ४ गते ९:३१ मा प्रकाशित

सत्तारुढ नेकपाका सांसदहरुले सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीविरुद्ध महाभियोगको तयारी स्वरुप प्रस्ताव दर्ता गर्न हस्ताक्षर संकलन शुरु गरेका छन् । यसअघि प्रधानन्यायाधीशमा सिफारिश भएका जोशीलाई संसदीय सुनुवाई समितिले अस्वीकृत गरेको थियो । नेकपाका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ताको तयारी गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै न्यायधीश जोशीले आफूले महाअभियोगको सामना गर्ने प्रतिक्रिया दिनुभएको छ ।

जोशीले महाभियोग लगाए आफूसँग कुनै विकल्प नहुने भन्दै सामना गर्न तयार रहेको वताउनुभएको हो । दबाबका लागि हस्ताक्षर संकलन गरेपनि महाभियोगको प्रस्ताव दर्ता गरिहाल्नेमा आफु विश्वस्त नरहेको उहाको भनाई थियो । आफुले पदवाट राजिनामा पनि नदिने र महाअभियोग लगाएपनि त्यसको प्रतिकार गर्ने न्यायधीस जोशीको भनाई थियो । संसदीय सुनुवाई समितिबाट जोशीको नाम अस्वीकृत भएसँगै धेरैले उहाँले पदबाट राजीनामा दिने अनुमान गरेका थिए । तर, सो अनुमान विपरित फेरि न्यायाधीशकै हैसियतमा जोशी सर्वोच्च फर्किनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू