अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५० | Colorodo: 20:05

संविधान दिवसको अवसरमा माइतीघरमा फहराइयो १०० मिटर अग्लो राष्ट्रिय झण्डा

बिआरटीनेपाल २०७५ असोज ३ गते ९:३४ मा प्रकाशित

संविधान विसको अवसरमा काठमाडौंको माइतीघर मण्डलामा एक सय मिटर अग्लो राष्ट्रिय झण्डा फहराईएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आबद्ध युवा संघ नेपाल र वाइसिएलले माइतीघरमा राष्ट्रिय झण्डा फहराएका हुन् । युवा संघ अध्यक्ष रमेश पौडेल र वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटाले संयक्त रुपमा ३ टन तौल र १०० मिटर अग्लो पोलमा राष्ट्रिय झण्डा फहराउनुभएको हो । झण्डा र पोलको व्यवस्थापन पुरण गिरी र हरिश गौतमले गरेको जनाईएको छ । यसअघि शहीद दिवसका अवसरमा तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवी माधवप्रसाद घिमिरेले फहराएको माइतीघर मण्डलाको राष्ट्रिय झण्डा पछिल्लो समय च्यातिएको थियो ।

आयोजित एक कार्यक्रममा वोल्दै संगठनका नेताले योग्य तथा दक्ष युवा विदेशमा जानुपर्ने बाध्यता अन्त्य गर्नु अहिलेको आवश्यकता रहेको भन्दैे रोजगारमुखी नीति तथा कार्यक्रमलाई वर्तमान सरकारले अघि सारेकाले त्यसलाई सफल बनाउनुपर्नेमा जोड दिएका थिए । संविधानमा कहीँ कतै कमजोरी भएमा आपसी छलफल तथा संवाद्को माध्यमबाट हल गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणमा सबै राजनीतिक दल एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिइएको थियो ।

युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले जनताको अधिकार लिपिबद्ध भएको दिनमा मुलुकलाई समृद्धिको बाटामा अघि लानुपर्ने बताउनुभयो । अध्यक्ष पौडेलले हजारौंको बलिदानबाट प्राप्त संविधानलाई कार्यान्वयन गर्न र गराउन सम्पूर्ण राजनीतिक दल, बुद्धिजीवी, जनतासमेत लाग्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

कार्यक्रममा वोल्दै वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटाले वर्तमान संविधानले महिला, दलित, अल्पसङ्ख्यक, पिछडिएको वर्गलगायत सम्पूर्ण नेपालीको भावनालाई समेटेको उल्लेख गर्दै संविधानमाथि गलत प्रचार गरी अनावश्यक भ्रम फैलाउन नहुने वताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू