अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१३ | Colorodo: 00:28

जनअपेक्षा पूरा गर्न राजसंस्थासहितको लोकतन्त्र अनिवार्य – राप्रपा अध्यक्ष थापा

बिआरटीनेपाल २०७५ असोज २ गते ९:०९ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई समृद्ध बनाउन राजसंस्थासहितको लोकतन्त्रको विकल्प नरहेको वताउनुभएको छ । अध्यक्ष थापाले राजसंस्थासहितको लोकतन्त्र र हिन्दु राष्ट्र पुर्नस्थापना नगरेकै कारण मुलुक संकटतर्फ उन्मुख भएको तर्क समेत गर्नुभयो । मंगलबार काठमाडौंमा आयोजित पार्टी केन्द्रीय कार्य समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उहाँले वर्तमान मुलुकको समस्या कम्युनिष्ट र कांग्रेस दुवै दलले लिएको गलत नीतिका कारण भएको दाबी गर्नुभयो ।

अध्यक्ष थापाले जनताको अपेक्षा पूरा गर्न राजसंस्थासहितको लोकतन्त्र अनिवार्य रहेको पार्टीको अडानमा ढिलै भए पनि सबै राजनीतिक दल सहमत हुने दावी गर्नुभएको छ । मुलुकमा विद्यमान संकट सरकारको असक्षमताका कारण नभइ व्यवस्थाको कारण भएको उहाको ठहर थियो ।

अध्यक्ष थापाले पार्टी छिट्टै मुलुकको राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रूपमा उदाउने विश्वास व्यक्त गर्दै पार्टीलाई गतिशील बनाउन पार्टीका नेता, कार्यकर्तालाई गतिका साथ अघि बढ्न पनि निर्देशन दिनुभयो । २ दिनसम्म चल्ने केन्द्रीय कार्य समिति बैठकमा पार्टीको भावी कार्यदिशाको बारेमा व्यापक छलफल हुने राष्ट्रिय प्रजातन्त्र पार्टीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू