अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३८ | Colorodo: 22:53

निर्मला पन्त हत्या प्रकरणको छानविन अन्तिम चरणमा – गृहमन्त्री थापा

बिआरटीनेपाल २०७५ भदौ २९ गते ९:१६ मा प्रकाशित

नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्त प्रकरणमा सरकार छानविनको अन्तिम अवस्थामा रहेको वताउनुभएको छ । राष्ट्रियसभाको बैठकमा आज सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले अपराधी जो सुकै भए पनि उम्कन नपाउने वताउदै अपराधीलाई कानुनी कठघरामा उभ्याईने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा सरकारले कुनै पनि कसर बाँकी नराख्ने भन्दै मन्त्री थापाले थप उच्चस्तरीय छानबिन समिति र अन्य समितिहरुले अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । यसैवीच, स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झन्डा देखाउने राममनोहर यादवको मृत्यु हिरासतमा नभई उपचारको क्रममा भएको गृहमन्त्री थापाले स्पष्ट पार्नुभएको छ । यादवको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र पोष्टमार्टम प्रतिवेदनमा पनि चोटका कारण मृत्यु नभएको गृहमन्त्रीले वताउनुभयो ।

रोल्पाका तरुण दलका नगर अध्यक्ष रोहित पुनको हत्याको विषय राजनीतिक नभई लेनदेनको विवादका कारण भएको थापाले सदनलाई जानकारी गराउनुभयो । देवबहादुर घर्ती र रोहित मगरबीच विवाद हुँदा गोली प्रहार भएको र उपचारको क्रममा उनको मृत्यु मन्त्री थापाको भनाई छ । देबवहादुरलाई गोलीसहित पक्राउ गरिएको र हाल जिल्ला अदालत रोल्पामा मुद्दा दायर भएको गृहमन्त्रीले जानकारी दिनुभयो ।

पत्रकार राजु बस्नेतको पक्राउबारे सांसद्हरुले उठाएको सवालको जवाफ दिंदै गृहमन्त्री मन्त्री थापाले विद्युतीय कारोबार ऐन उल्ल्घन गरेकोमा अनुसन्धानका लागि वस्नेतलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू