अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५७ | Colorodo: 23:12

बिमस्टेक सम्मेलनले अन्तराष्ट्रिय जगतमा नेपालको विश्वसनीयता बढाएको प्रधानमन्त्रीको दावी

बिआरटीनेपाल २०७५ भदौ १८ गते ९:२३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक शिखर सम्मेलनले अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनियता वढाउन योगदान दिएको वताउनुभएको छ । सम्मेलन सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै उहाँले बिमस्टेक शिखर सम्मेलनले नेपालको छविलाई अन्तराष्ट्रिय जगतमा उजिल्याउन पनि महत्वपूर्ण भूमिको खेलेको स्पष्ट पार्नुभयो । सोमबार सिंहदरबारमा आयोजित बिमस्टेक शिखर सम्मेलनको समिक्षा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले पर्वतीय अर्थतन्त्र, वातावरण, कनेक्टिभिटी जस्ता नेपालको राष्ट्रिय प्राथमिकतालाई स्थापित गराउन पनि सम्मेलन सफल भएको दावी गर्नुभयो ।

समिक्षा बैठकले बिमस्टेक शिखर सम्मेलनका क्रममा भएको सदस्य राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुसँगको द्धिपक्षीय भेटवार्ता पनि फलदायी रहेको निष्कर्ष पनि निकालेको छ । त्यस अवसरमा प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलन सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका मन्त्रालय, सुरक्षा निकाय, संचारकर्मीलगायतलाई धन्यवाद समेत दिनुभएको थियो । यहि भदौ १४ र १५ गते काठमाडौंमा आयोजित बिमस्टेक चौंथो शिखर सम्मेलन १८ बुदे काठमाडौं घोषणा पत्र जारी गर्दै सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू