अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०२ | Colorodo: 13:17

बिमस्टेक सार्कको विकल्प होइन– प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ भदौ १४ गते ८:५९ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक दक्षिण एशियाली सहयोग संगठन (सार्क) को विकल्प नभएको वताउनुभएको छ । उहाँले विमस्टेक सार्कको विकल्प नभई पुरक रहन्छ भन्ने विश्वास नेपालले लिएको वताउनुभयो । काठमाडौंमा सुरु भएको चौथो बिमस्टेक सम्मेलनलाई सम्बोधन गर्दै ओलीले सार्कको विकल्प नभई पुरक संस्थाको रुपमा विमस्टेकलाई विकाश गर्नेे वाचालाई यथार्थमा रुपान्तरण गर्ने सकय आएको वताउनुभयो ।

बिमस्टेकलाई विश्वले चासोका साथ हेरिरहेको उल्लेख गर्दै ओलीले जनसंख्या र अर्थतन्त्रको विशालताले बैठकले गर्ने निर्णयले विश्वव्यापी प्रभाव कायम गर्ने धारणा राख्नुभयो । बिमस्टेक संगठनले दक्षिण एशियालाई एशियासँग र हिमाललाई महासागरसँग जोड्ने बिचार व्यक्त गर्दै प्रधानमन्त्री ओलीले विमस्टेक क्षेत्रले आर्थिक विकास गर्दै गर्दा कोही पनि पछाडि छुट्न नहुनेमा जोड दिनुभयो ।

प्रकृतिले हिमालय र बङ्गालको खाडीमात्र निर्माण गरेको नभई औद्योगिक क्रान्तिको चरणमा रुपान्तरणको प्रक्रिया पनि तिब्र रुपमा भइरहेको ओलीको भनाई थियो । यसले सबै सदस्य राष्ट्रका बीचमा अबसर र चुनौती दुबै रहेको प्रधानमन्त्रीको ठहर थियो । वर्तमान समयमा युवाहरुमा लगानी गर्नुपर्नेमा जोड दिँदै ओलीले युवाहरुको उर्जालाई सक्दो उपयोग गर्नु पर्ने वताउनुभयो । युवा र बालबालिकामा लगानी गर्नु सम्वृद्ध भविष्यमा लगानी गर्नु रहेको उहाको भनाई थियो ।

आफू नेतृत्वको सरकारले सम्बृद्ध नेपाल र सुखी नेपालीको एजेण्डा अघि सारेको बताउँदै ओलीले यो लक्ष्य प्राप्त गर्नको लागि विदेशी मित्रराष्ट्रसँग सद्भाव र सहकार्य चाहेको उल्लेख गर्नुभयो । सो अवसरमा उहाँले नेपाल सरकार लोकतन्त्र, मानवअधिकार, कानुनी राज्य र सुशासनप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू