अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१२ | Colorodo: 03:27

कोलोराडो प्रहरीद्वारा गोली प्रहार गरी हत्या गरिएका युवा वीरेन्द्र ठकुरीको अन्तिम दाहसंस्कार शनिबार

बिआरटीनेपाल २०७५ भदौ १२ गते १७:२५ मा प्रकाशित

मृत्यु जीवनको धुव्रसत्य हो । तर कुनै कुनै मृत्यु यस्तो बनिदिन्छ जुन सहजै हृदयले स्विकार्दैन । गत अगस्त २५ तारिकका दिन साँझ ८:४५ बजे ब्रुमफिल्ड, कोलोराडो निवासी वीरेन्द्र ठकुरीको प्रहरीद्वारा गोली हानी हत्या गरिएको छ । किन उक्त प्रहरीले गोली प्रहार गर्‍यो, त्यो अहिलेसम्म खुलासा भएको छैन । घटना सम्बन्धी अनुसन्धान जारी छ । उनको पार्थिव शरीर अहिले आदम्स काउन्टीमा राखिएको छ ।

ठकुरीको शनिवार सेप्टेम्बर १ तारिख दिनको १२ बजे डेवीट् एन्ड टेबलेर फ्युनरल, (12114 Grant Circle, Thornton, CO 80241) मा दाह–संस्कार गरिदैंछ । उक्त अवसरमा कोलोराडो बासी नेपालीहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ । 

प्रतिक्रिया