अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४७ | Colorodo: 00:02

नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ध्वंसात्मक गतिविधिमा संलग्न – गृहमन्त्री थापा

बिआरटीनेपाल २०७५ साउन २५ गते ९:२५ मा प्रकाशित

गृहमन्त्री थापा राम वं थापा ’वादल ’ ले पूर्व पर्यटन तथा नागरिक उड्ययन मन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ध्वंसात्मक गतिविधिमा संलग्न भएको वताउनुभएको छ । चन्दा आतंक लगातका ध्वंसात्मक गतिविधी मच्चाएकाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा लाई पक्राउ गर्नुपरेको मन्त्री थापाको भनाई छ ।
प्रहरी तालिम केन्द्र भरतपुरमा जुनिअर प्रहरी अधिकृतको दीक्षान्त समारोहमा सहभागी हुने क्रममा गृहमन्त्री थापाले भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै विश्वकर्मा अपराधमा संलग्न भएकाले कानुनी कारबाही भोग्नुपर्ने पनि स्पष्ट पार्नुभयो ।

पूर्वमन्त्री समेत रहनुभएका विश्वकर्मालाई प्रहरीले गत मंगलबार राति काठमाडौंबाट पक्राउ गरेको थिया । विश्वकर्मावाट बरामद् भएका कागजात हेर्दा ७ करोड रूपैयाँ वरावरको चन्दा असुलेको देखिएको प्रहरीले जनाएको छ । अदालतबाट म्याद थपेर प्रहरीले विश्वकर्मामाथि थप अनुसन्धान गरिरहेको छ । गृहमन्त्री थापा र विश्वकर्मा दुवै तत्कालीन माओवादी पार्टीमा संलग्न हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू