अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४८ | Colorodo: 10:03

चार महिनामा विपद्का घटनाबाट मुलुकभर ४ सय ५५ जनाको मृत्यु –गृह मन्त्रालय

बिआरटीनेपाल २०७५ साउन १४ गते ८:३० मा प्रकाशित

विगत चार महिनायता विपद्का घटनाबाट मुलुकभर ४ सय ५५ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार २०७५ वैशाख १ गतेदेखि यही साउन १२ सम्म डुबेर, आगलागी, डुंगा सवार, बाढी, पहिरो, चट्याङलगायत विपद्का घटनाबाट मृत्यु भएको हो ।

मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख शङ्करहरि आचार्यका अनुसार सो अवधिमा डुबेर २ सय ७२, डुंगा पल्टिएर १, आगालागीबाट १०, बाढीबाट २८, पहिरोबाट ४३, वर्षात्बाट ७, लेक लागेर १२ र चट्याङबाट ४० जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३ सय ९ जना पुरुष र १ सय ४६ जना महिला छन् । यस्तै विपद्का घटनामा परी ७२ जना बेपत्ता हुनाका साथै २ हजार २३० जना घाइते भएका छन् । साथै, ३ हजार ७ सय ७५ घर प्रभावित भएका छन भने २ सय १ गोठमा क्षति पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू