अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५४ | Colorodo: 01:09

डा.गोविन्द केसीका समर्थकद्वारा सामूहिक अनसन

बिआरटीनेपाल २०७५ साउन ६ गते ९:२४ मा प्रकाशित

डा. गोविन्द केसीका समर्थनकहरू आइतबार काठमाडौंको वसन्तपुरमा सामूहिक अनसन बसेका छन् । सोलिडारिटी फर डा. केसी अभियानले आयोजना गरेको अनसनमा करिब १ सय ५० जनाको सहभागिता रहेको जनाइएको छ । अनसन अझै २/ ३ दिन जारी रहने आयोजकले जनाएकोे छ ।

सत्याग्रहमा साथ दिनका लागि नागरिक अगुवा कृष्ण पहाडी, पूर्व उपकुलपति केदार भक्त माथेमा, माथेमा कार्यदलका सदस्य डा. मदन उपाध्याय, पूर्वस्वास्थ्यमन्त्री गगन थापा, वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी लगायतकाको उपस्थित रहेको थियो ।
चिकित्सा शिक्षा सुधार माग गर्दै डा. केसी असार १६ गतेदेखि अनसन वस्नुभएको छ ।

 

गत बिहीबार उहाँलाई जुम्लाबाट सरकारले धरपक्कड गरेर काठमाडौं ल्याएपछि पनि केसीको अनसन जारी छ । हाल केसी महाराजगञ्जस्थित टिचिङ अस्पतालमा अनसनरत हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू