अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२६ | Colorodo: 17:41

पार्टीलाई कमजोर बनाउन चलखेल भइरहेको छ –प्रचण्ड

बिआरटीनेपाल २०७५ असार ३१ गते ८:१४ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई अझै एकताबद्ध बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अध्यक्ष प्रचण्डले पार्टीभित्र केही त्रुटि भए सच्याउँदै लैजाने संकल्प लिइएको पनि वताउनुभयो ।

पार्टीलाई कमजोर बनाउन केही शक्तिले चलखेल गरिरहेको उल्लेख गर्दै त्यसबाट सचेत हुन पनि अध्यक्ष प्रचण्डले पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नुभएको छ । शहीद विष्णु चौलागाईंको स्मृतिमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले शहीदहरूको सपना खेर जान नदिने प्रतिवद्धता समेत जनाउनुभयो ।

शहीदहरूकै बलिदानको प्रतिफल स्वरूप मुलुकमा शक्तिशाली कम्युनिष्ट पार्टी बनेको उल्लेख गर्दै त्यो उपलब्धिलाई जोगाएर अघि बढ्ने प्रचण्डको भनाई थियो । अध्यक्ष प्रचण्डले शहीदहरूले देखाएको बाटोबाटै मुलुकलाई अघि बढाउन आफूले गतिका साथ काम गरिरहेको दाबी गर्नुभयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू