अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४३ | Colorodo: 09:58

राजदरबार हत्याकाण्डको विषयमा पहिलो पटक मिडियामा मुख खोलिन् सगुन शाहले [हेर्नुहोस् भिडियो]

बिआरटीनेपाल २०७५ असार २९ गते ८:२६ मा प्रकाशित

भक्तपुर। सगुन शाह राजपरिवारसँग जोडिएकी समाजसेवी हुन्। उनले वृद्धआश्रम, विद्यालय जस्ता संस्था खोलेर सेवा गर्दै आएकी छिन्। उनको जन्म १९९० साल कात्तिक ११ गते काठमाडौँको सानो गौचरण, मालीगाउँमा भएको थियो। शाहका पिताको नाम भगतबहादुर र माताको नाम इन्द्रकुमारी शाह हो। दश छोरी र दुई छोरा मध्य सगुन काहिली छोरी हुन्।

सगुनको जन्म काठमाडौँकै सम्पन्न राणा परिवारमा भएको थियो । सुखैसुखमा उनको बाल्यकाल बित्यो । छोरी मान्छे पढ्नु हुँदैन भने सोचका कारण उनी विद्यालय जान पाइनन् । उनका बुबा त्यति बेला नै सरकारी जागिरे भएकाले घरमै शिक्षक बोलाएर पढाए । उनले ९ कक्षासम्म पढिन् ।

बलिउड नायक देवानन्दलाई उनी खुबै मन पराउँथिन् । आफूले विवाह गर्ने केटा पनि देवानन्दजस्तै होस् भन्ने सोच्थिन् । शाह परिवारमा हुर्किएकीले उनले अलि कडा संस्कार मान्नुपथ्र्यो । विवाह नगर्ने विचार गरे पनि परिवारको दबाबमा राजी भइन् । उनलाई जति पनि घरमा हेर्न आउँथे, केही न केही बहाना बनाएर फर्काउँथिन् । उनको बानी देखेर परिवारसमेत आजित भइसकेको थियो । ‘तिमीले मन पराएको कोही छ भने भन, होइन भने हामीले भनेको केटासँग विवाह गर’ भन्थे । त्यस्तैमा भोग्यप्रसादसँग विवाहको टुङ्गो लागेछ ।

उनले केटै नहेरी विवाह गरिन् । उनका सासूससुरा थिएनन् । घरको जिम्मेवारी पतिकै काँधमा थियो । विवाहपछि ती सगुनको जिम्मेवारी पनि थपियो । बुझ्दै गएपछि पति देवानन्दभन्दा पनि राम्रा लागे उनलाई । भन्छिन्, “श्रीमान् धेरै सहयोगी, बुझ्ने, सिकाउने, माया गर्ने पाएँ । देवानन्दभन्दा पनि राम्रो ।”

७ वर्षकी हुँदा देखि नै उनको मनमा समाजसेवाको भावना पलाएको थियो। उनी आफ्नो पिताबाट पनि यो काममा प्रेरित भएकी थिइन्। सानै हुँदा नै उनको मनमा ‘दिनुपर्छ’ भन्ने भावनाले जरा गाडेको थियो। उमेरले आधा शतक पार गरिसक्यो, सगुनको मनबाट त्यो भावना कहिल्यै हराएन । सम्पन्न परिवारमा जन्मिए पनि उनी सानैदेखि अरूको दुःख देख्न नसक्ने दयालु स्वभावकी थिइन् । भौतिक सुखबाट टाढा रहेर सगुन शाहले भने दुःखको बाटो रोजिन् । असहाय, गरिब, दुःखीलाई सहयोग गर्नु उनको जिन्दगीको एकमात्र लक्ष्य बन्यो ।

अचेल मान्छेहरू धनको पछि दौडिएर नाता, सम्बन्ध बिर्सन थालेका छन् । यस्तो भीडमा सगुन अँध्यारोकी जूनकीरी लाग्छिन् । पुरै जीवन समाजसेवामा बिताइन् । एक दिन बाँचे अझै केही गर्न सक्थेँ जस्तो लाग्छ अझै उनलाई । उनको रगतमा सेवाको भाव बग्छ । आफू दुःखी भए पनि अरूलाई हँसाउनु, खुसी राख्नु जीवनकै ठुलो ध्येय हो ।

उनले खोलेका सिद्धेश्वर प्राथमिक विद्यालय, निसहाय सेवा सदन राजधानीको शान्तिनगर, मीनभवनमा छन्। शान्तिनगर नाम पनि उनले नै जुराएकि हुन्। यसबाहेक उनी धेरै संस्थामा रहेर काम गर्दै पनि आएकी छिन्। २०४८ सालमा उदयलालसँग सहकार्य गरेर उनले समाज कल्याण समितिमा दर्ता गरेर ‘निःसहाय सेवा सदन’ चलाउन थालिन् । उदयलालले एक जना ज्येष्ठ नागरिक ल्याए ।

समाजमा यति धेरै असहाय ज्येठ नागरिक रहेछन् भने कुरा तबमात्र उनले चाल पाइन्। ज्येष्ठ नागरिक खोज्दै हिँड्नै परेन उनलाई, आश्रमको ठेगाना खोज्दै आफैँ आउँथे । पछि त थेग्नै गाह्रो भयो । बिस्तारै सीमित सङ्ख्यामा राख्न थाले । आश्रममा आएका आमाबुबालाई फर्काउँदा उनलाई नरमाइलो लाग्छ। छोराछोरीले दुःख दिएका आमाबुबा धेरै रहेछन्, त्यति बेला मात्रै उनले थाहा पाइन् ।

५८ जनासम्म राख्ने सोच बनाएकी सगुनको सदनमा अहिले ४३ ज्येष्ठ नागरिकले आश्रय लिइरहेका छन् । “धनाढ्य र घर भएका पनि थुप्रै छन् । पैसा तिर्छौँ, बूढाबूढी राखिदिनुस् भन्न आउँछन् । त्यसरी राख्ने गरेको छैन भनेर टार्छु,” उनले भनिन् । अब उनको योजना फेरी अर्को आश्रम खोल्ने र सोही आश्रममा पैसा तिरेर नै बस्न चाहनेलाई आश्रय दिने रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू