अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४४ | Colorodo: 12:59

मिस नेपाल नर्थ अमेरिकाको आयोजक समितिको सल्लाहकारमा संयुक्त राष्ट्रसंघ युवा सम्मेलनकी युवा अध्यक्ष जोली अमात्य

विजय थापा, वासिङ्टन डिसी २०७५ असार २ गते ६:२० मा प्रकाशित

आगामी अगस्त ११ तारिखका दिन विश्व कै सम्राट् राज्यमा हुने लागेको प्रथम मिस नेपाल नर्थ अमेरिकामा संयुक्त राष्ट्रसंघ युवा सम्मेलनकी युवा अध्यक्ष जोली अमात्य सल्लाहकारमा राखिएको छ ।

राष्ट्र सङ्घको इतिहासमै नेपाली समुदायको प्रतिनिधित्व गर्दै युवा अध्यक्ष पदमा पुग्ने कनिष्ठ तथा पहिलो नेपाली बन्न सफल बनेकी जोली अमात्य आयोजक समिति को सल्लाहकारमा रहेर काम गर्ने भएकी छिन् ।

आफूलाई समय व्यवस्थापन गर्न गाह्रो भएता पनि मिस नेपाल नर्थ अमेरिका दीर्घकालीन परियोजना रहेकोले समितिको सल्लाहकारमा रहेर काम गर्ने निर्णय गरेको बताइन । र साथै समितिमा काम गर्ने व्यक्तित्वहरू सकारात्मक र नयाँ कार्य गर्ने र परिणाममुखी देखेकोले यस समितिमा आफू जोडिन पुगेको बताइन ।

अमात्यले अगाडी भनिन आफूले जानेको केही अनुभव ,ज्ञान ,सल्लाह तथा भित्री इच्छा पनि भएकोले स्वतः: स्फूर्ति रूपमा काम गर्न इच्छा जागेकोले सल्लाहकारमा बस्ने निधो गरेको बताइन । अमात्यले सहभागीहरूलाई प्रशिक्षण र आफूले जानेका अनुभवहरू हिस्सा समेत गर्ने भएकी छिन् । र यो टोलीमा बसेर काम गर्न पाउँदा आफूलाई निकै गर्व लागेको बताइन ।

जोलीले विश्व भरका तमाम युवा वर्गको प्रतिनिधित्व गर्दै राष्ट्रसंघ युवा सम्मेलनलाई सम्बोधन गरी सकेकी छिन् । जोलीले मिस नेपाल नर्थ अमेरिका टोलीले महिला सशक्तिकरण र लिङ्ग असमानताको मुद्दालाई मुख्य रूपमा प्रकाश पार्ने भएकोले आफू एक महिला पनि भएकोले अझ केही गर्न सकिन्छ भन्ने हेतुले आफू आकर्षित भएको बताइन ।

उनले अगाडी भनिन राष्ट्र सङ्घमा पनि महिला सशक्तिकरण र लिङ्ग असमानता कुराहरू प्रशस्त चल्ने हुनाले यो आफ्नो लागि स्वर्ण मौका हो भनी मिस नेपाल नर्थ अमेरिकाको समूहमा आबद्ध भएको जानकारी गराएकी छिन् ।

अमात्य राष्ट्र सङ्घ बाहेक उत्कृष्ट कार्यक्रम सञ्चालक समेत हुन् भने उनले पटक पटक विशेष कार्यक्रमहरू उद्घोष गर्ने गरेकी छिन् । न्युयोर्कको प्रसिद्ध कार्यक्रम स्थल मेलरोज बलराममा मिस नेपाल नर्थ अमेरिका कार्यक्रम अगस्त ११ तारिख हुने छ ।

संस्थाको तर्फबाट सैलेश श्रेष्ठका अनुसार आगामी शनिवार १६ तारिख देखि धमाधम अडिसन लिने जानकारी गराएका छन् । र अहिले सम्म ३ दर्जनको निवेदन आएको र अझ यो क्रम बढ्ने श्रेष्ठले बताए ।