अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४१ | Colorodo: 08:56

असार २९ मा वीराङ्गना कन्फर्म

समिर बलामी, काठमाडौँ  २०७५ वैशाख १ गते ९:४० मा प्रकाशित

शिल्पा पोखरेल र अनुप विक्रम शाही अभिनित फिल्म वीराङ्गना असार २९ मा देश भर रिलिज हुने कन्फर्म भएको छ । निर्देशक राज बहादुर सानेले आफ्नो जनम दिनमा फिल्मको छायाङ्कनमा सहयोग गर्ने व्यक्तिहरू श्सस्त्र प्रहरीका नव नियुक्त आईजिपी शैलेन्द्र खनाल, सुरेश पन्थी, छविराज ओझा लगायतलाई धन्यवाद ज्ञापन गर्दै फिल्मको रिलिज डेट कन्फर्म गरेको हो । 

फिल्मको वितरणको जिम्मा काठमाडौँमा बि के फिल्मस्का गोपाल कायस्थ र काठमाडौँ बाहिर एफडि कम्पनीले लिएका छन् । नारी प्रदान फिल्मलाई एक्शन जनरामा निर्माण गरिएको हो । बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार र विमला भट्ट निर्माता तथा देव तामाङ सह निर्माता रहेको वीराङ्गना र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको हो ।

फिल्ममा शिल्पा र अनुप विक्रमका अलावा पृथ्वी राज प्रसाई, धिरेन शाक्य , प्रज्वल गिरी , प्रिया रिजाल, ध्रुव कोइराला, सुशील पोखरेल अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।