अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५७ | Colorodo: 15:12

जय शम्भुमा लाखौँको सेट, एक्शनमा धमाका

समिर बलामी, काठमाडौँ २०७४ फागुन १६ गते २२:०८ मा प्रकाशित

चार क्यामराले एक साथ फिल्म खिच्दै

केही दिन अघिमात्र फिल्म जय शम्भु घोषणा गरिएको थियो । फिल्म जय शम्भु घोषणाकै दिनदेखि फ्लोरमा गएको हो । हाल फिल्म जय शम्भुको छायाङ्कन चलचित्र विकास कम्पनी बालाजुमा भइरहेको छ । १० दिनको सेडुलमा विकास कम्पनीमा सुटिङ भइरहेको छ । 

सुरुमा फिल्मका मुख्य कलाकारहरू अनुप विक्रम शाही, प्रशान्त ताम्राकार र वर्षा शिवाकोटीको परिचयात्मक एकशन सिन खिचिएको हो । फिल्मको सुटिङ एक साथ चार क्यामराले भइरहेको छ । फिल्ममा रेड ४ दशमलव ५ के २ वटा, गोप्रो ४ के १ वटा र फ्लाटोन ४ के ड्रोन एउटा प्रयोग गरिएको छ । फिल्मका निर्माण टिमले एक्शन र गीतमा मात्र नभई पुरै फिल्ममा चार क्यामरा प्रयोग हुने बताइएको छ ।

उक्त एक्शन सिनको लागि लाखौँ खर्च गरेर सेट तयार पारिएको छ । सेट तयार पार्न १० लाख बढी खर्च भएको र सेटसँगै लाखौँको प्रोपर्टि राखिएको छ । सेटको लागि ३ वटा पुराना कार र एउटा जिप खरिद गरिएको निर्माण पक्षले जानकारी गराइएको छ ।

एक्शन कोरियोग्राफर श्री श्रेष्ठले फिल्म जय शम्भुमा एक्शनको नयाँ अपडेट सुरु गर्न लागिएको बताएका छन् । उनले फिल्म जय शम्भुमा जस्तो सिन अरू फिल्ममा हाल सम्म नभएको दाबी गरेका छन् । गाडीलाई रिङगमा घुमाउने, १० फिट उचाइमा गाडी उडाउने लगायतका सिनहरू ज्य शम्भुमा रहने उनले बताएका छन् । फिल्मको कलाईमेक्समा मात्रै ३० लाख बढी खर्च हुने एक्शन कारियोग्राफर श्री श्रेष्ठले बताएका छन् । 

फिल्मका निर्देशक रुपेश तामाङले हाल एक्शनका सिहरु भइरहेको र एक्शन पुरै बलिउडकै स्टाईलमा नेपालमा पहिलो पटक खिच्न लागेको दाबी गरेका छन् । हाल मुख्य कलाकारहरू अनुप विक्रम शाही, प्रशान्त ताम्राकार र वर्षा शिवाकोटीको एक्शन सी भइरहेको छ । फिल्मको ८० प्रतिशत बढी सिन काठमाडौँमा खिचिने छ भने बाँकी अन्नपूर्ण बेसक्याम्पमा खिचिने योजना रहेको छ । प्रस्तुतकर्ता दिनेश शाही रहेको जय शम्भुमा निर्माता अरविन्द्र शाक्य छन् भने कार्यकारी निर्माता राजकुमार नगरकोटी र चक्र पाख्रिन छन् । फिल्मलाई हरि घले लामाले खिचिरहेका छन् भने प्रोडक्शन डिजाईनर शङ्कर बस्नेत रहेका हुन् । फिल्म नयाँ वर्षको श्रावण १ मा रिलिज हुने बताइएको छ ।