अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२७ | Colorodo: 11:42

जय शम्भुसँग वर्षाको जन्मदिन

समिर बलामी, काठमाडौँ २०७४ चैत २५ गते १०:५४ मा प्रकाशित

नायिका वर्षा सिवाकोटीले शनिवार आफ्नो जन्मदिन मनाएकी छिन् । महिनादिन देखी फिल्म ‘जय शम्भु’को छायाङ्कन सेटमा व्यस्त वर्षाले शनिवार पनि काभ्रेस्थलीको सुटिङ सेटमै सम्पूर्ण टिमसँग मनाएकी हुन् । अङ्ग्रेजी र नेपाली मिति अनुसार दुवै दिन उनले जन्मदिन मनाएकी हुन् । शुक्रवार पनि परिवारसँग जन्मदिन मनाएकी थिइन् । 

फिल्म ‘जय शम्भु’को सेटमा केक काटेकी वर्षाले सुरुमा नायक अनुप विक्रम शाहीलाई केक खुवाइन् । वर्षाको दुबैछेऊमा फिल्मका खलनायक प्रशान्त ताम्राकार र अनुप थिए तर उनले सुरुमा आफ्नो हातबाट अनुपलाई केक खुवाइन् । वर्षाले अनुपलाई नै पहिलो केक किन भनेर प्रश्न गर्न नपाउँदै छेउमा जो छ उसलाई पहिलो केक है भनेकी थिइन् । तर छेउमा प्रशान्त पनि थिए । त्यससँगै अनुपपछि लगत्तै प्रशान्तलाई केक खुवाएकी थिइन् । साथै लगातार निर्देशक, निर्माता हुँदै सुटिङ युनिटका अन्यसबैलाई केक खुवाइन् । वर्षाको हातबाट केक खाँदै प्रशान्त र अनुपले सुस्वास्थ्य दीर्घायुको कामना भन्दै वर्षालाई शुभकामना दिएका थिए । 

काभ्रेस्थलीको टाउनप्लानिङमा चारदिन देखी लगातार फिल्मको ‘क्लाइमेक्स’सिनको सुटिङ भइरहेको छ । फिल्मका निर्देशक रुपेश तामाङका अनुसार फिल्मको अब दुईसातामा छायाङ्कनको सम्पूर्ण काम सकिनेछ । प्रस्तुतकर्ता दिनेश शाहीका अनुसार फिल्ममा सोचेभन्दा बढी लगानी लागेको बताए । उनका अनुसार फिल्ममा डेढ करोडको लगानी पुग्ने बताए । यस अघि श्रावण १ गते रिलिज हुने भनिएको यस फिल्म श्रावण १ बाट अघि सरि असार २९ मा रिलिज हुने निर्माण पक्षले जानकारी गराएका छन् । फिल्ममा अरविन्द्र शाक्यको लगानी छ । दिनेश शाही प्रस्तुतकर्ता रहेको फिल्मको कार्यकारी निर्माता राजकुमार नगरकोटी र चक्र पाख्रिन हुन् । फिल्मलाई हरि घले लामाले खिचिरहेका छन् ।