अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५९ | Colorodo: 12:14

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जग्गा हेर्न धुर्मुस सहितको टोली भैरहवा प्रस्थान

बिआरटीनेपाल २०७४ चैत १९ गते ६:५५ मा प्रकाशित

नमुनाबस्ती निर्माण गरेर लोकप्रिय बनेका कलाकार दम्पत्ती सितारमा कट्टेल धुर्मस र कुञ्जना घिमिरे सुन्तलीले निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको जग्गा हेर्न धुर्मुससहितको टोली भैरहवा प्रस्थान गरेको छ । आज बिहान कीर्तिपुर र मुलपानीको मैदानको अध्ययन-अवलोकन गरेको टोलीले भैरहवाका विभिन्न स्थानमा पनि जग्गाका लागि प्रस्ताव आएपछि अवलोकनका लागि त्यसतर्फ प्रस्थान गरेको हो ।

कलाकारहरु मनोज गजुरेल, कुमार कट्टेल जिग्री, अर्जुन घिमिरे पाँडे, गायक प्रमोद खरेल सहितको प्राविधिकहरु समेत रहेको धुर्मुसको टोलीले यस भैरहवाबाट फर्कदा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले प्रस्ताव गरेको जग्गाको पनि अवलोकन गर्ने योजना छ ।

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ नामको  अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आज बिहान हेरिएको कीर्तिपुर र मुलपानीको मैदान मध्य किर्तिपुरको मैदान रंगशाला निर्माणका निम्ति पर्याप्त देखिएन । ४० हजार दर्शक क्षमताको रंगशाला निर्माण गर्न लागेको धुर्मुससुन्तली फाउन्डेसनका अनुसार मुलपानीको मैदान धेरै हिसाबले उपयुक्त देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू