अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१० | Colorodo: 19:25

सांसद मोहन आचार्यको व्यक्तिगत प्रयासमा रसुवाको गुम्बोडाँडा-प्राङ्से पात्ले सडक निर्माण

बिआरटीनेपाल २०७४ फागुन २९ गते ३:५१ मा प्रकाशित

रसुवा जिल्लाको प्राङ्से पात्ले सडक सञ्जालमा जोडिएको छ। रसुवा बाट प्रतिनिधिसभामा निर्वाचित सांसद मोहन आचार्यको व्यक्तिगत प्रयासमा रसुवाको गुम्बोडाँडा बाट प्राङ्से पात्ले सडक सञ्जालमा जोडिएको हो।

रसुवा जिल्लाका सबै स्थानलाई सडक संञजालमा जोड्ने अभियान स्वरुप सांसद आचार्यले आफ्नो व्यक्तिगत लगानीमा स्काभेटर र डोजर खरिद गरि गत मा २७ गते जिल्ला लाई उपलव्ध गराउनु भएको थियो।

गुम्बोडाँडा बाट प्राङ्से पात्ले सडकको लम्वाई ३ किलोमिटर रहेको छ। रसुवा जिल्लाका सबै स्थानलाई सडक संञजालमा जोड्ने अभियान अन्तर्गत हाल सम्म ७ किलो मिटर ग्रामिण सडक निर्माण भै सकेको छ।

यस अघि कालीका गाँउपालिकाको लामाटोल देखि चित्रेपानी जोड्ने ४ किलोमिटर सडक निर्माण गरिएको थियो।

बाटो निर्माणका लागी स्काभेटर र डोजर संञ्चालनगर्न आबश्यक ईन्धनको व्यवस्था उपभोक्ता समितिले गराएको थियो।

अब सो मेसिनले पार्वतीकुण्ड गाँउपालिकाको हाकुलाई सडक संञ्जाल संग जोड्न बाटो खन्ने काम शूरु गर्ने सांसद आचार्यले बताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू