अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३९
| Colorodo: 12:54
राष्ट्रियसभा अध्यक्षमा वाम गठबन्धनका तर्फबाट एमाले सांसद गणेश तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् । राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारमा तिमिल्सिनाको मात्रै मनोनयन परेपछि उनी निर्विरोध भएका हुन् ।
उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा पुगेका तिमिल्सिनाले संचारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै आफूले राष्ट्रिय सभाको अध्यक्षको जिम्मेवारी राम्रो सँग पुरा गर्ने बताए।
वाम गठबन्धनमा प्रतिनिधि सभाको सभामुख माओवादी केन्द्रले लिने र राष्ट्रिय सभाको अध्यक्ष एमालेलाई दिने सहमति भएको थियो ।
आज दिउँसो १ बजेसम्म राष्ट्रिय सभाको अध्यक्षका लागि उम्मेदवारी दर्ता गर्ने समय रहेको थियो।