अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४३ | Colorodo: 18:58

सभामुख महराद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

बिआरटीनेपाल २०७४ फागुन २७ गते ५:०४ मा प्रकाशित

नव निर्वाचित प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । शनिबार सभामुखमा निर्विरोध निर्वाचित सभामुख महराले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिनु भएको हो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा भएको शपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक र सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारीलगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू