अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३६ | Colorodo: 16:51

सभामुख चयनका लागि आज मनोनयन दर्ता- माओवादी केन्द्रबाट महरा उम्मेदवार

बिआरटीनेपाल २०७४ फागुन २४ गते २३:५६ मा प्रकाशित

प्रतिनिधिसभाको सभामुख चयनका लागि आज मनोनयन दर्ता हुँदैछ । संघीय संसद सचिवालयले विहान १० देखि १ बजेसम्म मनोनयन दर्ताको समय छुट्याएको छ । सचिवालयले सार्वजनिक गरेको कार्य तालिकाअनुसार मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली दिउँसो साढे १ बजे सार्वजनिक गरिनेछ ।

बामगठबन्धनको तर्फबाट माओवादी केन्द्रले प्रतिनिधिसभाको सभामुखमा कृष्णबहादुर महराले उम्मेदवारी दर्ता गराएका छन् ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने सभामुखमा उम्मेदवारी नदिने जनाइसकेको छ ।  सभामुख चयनका लागि भोली दिउँसो १ बजे मतदान हुने कार्यतालिका छ । सभामुखमा निर्वाचित हुन सभाको बहुमत अर्थात कम्तीमा १ सय ३८ मत आवश्यक पर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू