अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५५ | Colorodo: 05:10

विश्व नारी दिवस र साकारात्मक सोचको विकास

निशा अर्याल २०७४ फागुन २३ गते १३:३८ मा प्रकाशित

आयो स्वर्णिम वर्ष नारीहरूको यात्रा सरी उत्सव
गर्दै माग र प्राप्ति झन् सवलता भर्ने क्रमैले अव
राज्यै भित्र रहन्छ शान्ति सबमा हाम्रो बनाऊ हक
दब्नै हुन्न कदापि ज्ञान बलमा कहिल्यै नमानौ धक,

निर्मोहिले मारेको आमालाई नाघेर घर फर्किन खोज्दा, ठेस लागेर ऐया आमा भन्दा, चोइटिएको रगताम्ये मुटुले भक्कानिएर झस्किदैं सोधिहाल्छिन “बाबु तँलाई दुख्यो कि ?” के भयो मेरो राजा ? मोह मारेर छोरा निर्मोही बनेपनि ,ममता गर्न चुक्दिनन आमा मरेर पनि | हो म परदेश बसेर मातृभूमिलाई त्यसरी नै अँगालो हाली रहेछु जसरी जिन्दगीमा, जन्म दिने आमा अनि हुकाउने माटो सर्वोपरि देख्छु !”
नयाँ शताब्दीमा नारीले सर्वदा आफ्नै किसिमको नौलो छवि प्रस्तुत गर्दै आई रहेका छन् । सदियौंदेखि बन्धनमा जकडिएको नारी हिजोआज त्यो बन्धनलाई तोडेर आफ्नो सुन्दर भविष्य ,पहिचान बनाउन सफल हुँदै अगाडी बढी रहेका छन् ।

आजका युगका नारी आफूलाई अवला झैँ गर्ने पुरुषको नजरमा घरको पिल्लर बनेर विम्बको रूपमा उभि महिला दुर्वल छैन भन्दै अध्ययनबाट प्रोफेसर, डाक्टर, वकिल, न्यायाधिस, पाइलोट, इन्जिनियर, नोकरी पेसामा विभिन्न क्षेत्रमा वरिष्ट पदमा रही सेवामा कार्यरत, राजनीति, साहित्य, सुरक्षा कर्मी, शिक्षक आदि लगायत, व्यापार व्यवसाय, घरायसी काम काज, खेतीपाती इत्यादि कुराहरूमा पुरुष सँग हातमा हात साथमा साथ मिलाई धैर्य, सहनशीलता र संधर्षमा त्यस भन्दा बढी सक्षम र सबल छन् भन्ने उदारहणहरु दिँदै आफूलाई प्रस्तुत गर्दै आएका छन् ।

नारी सन्दर्भमा मैले भन्नु पर्दा नारी सशक्तिकरणका दृष्टिले १० बर्से जनयुद्धलाई मैले ” स्वर्णकाल ” को संज्ञा दिँदै जनयुद्धले नेपालको एकदम तल्लो तहको शोषित, पीड़ित, राज्यसत्ताको अवसरबाट कोसौँ टाढा पारिएका बहुसङ्ख्यक वर्ग, क्षेत्र, समुदाय जातीका नारीलाई सशक्तिकरण गर्न वा माथि उठाउन ऐतिहासिक भूमिका निर्वाह भए जसको परिणाम ह्वात्तै महिलाहरूले अनेकौँ किसिमका सफलताहरू हासिल गरे जुन यस अधि नेपालको इतिहासमा कहिल्यै भएको थिएन ।

कुनै विद्धाले भनेका छन् ” कुनै पनि राष्ट्रको प्रगतिको सर्वोत्तम थर्मामीटर भन्नु पहिलो महिलाको नै स्थिति हुन्छ त्यसैले हामीले नारीलाई यस्तो स्थितिमा पुर्याउँन सक्नुपर्छ ,जहाँ उनीहरूले आफ्ना समस्याहरूलाई आफ्नै तरिकाबाट सुल्झाउन सकुन । हामीले नारी शक्तिको उद्धारका हैन बरु उनीहरूको सेवक वा सहायक बन्नु पर्छ । नेपाली नारीहरू संसारका कुनै पनि नारीहरूका भाँती आफ्नो समस्या सुल्झाउन आफै क्षमता राख्ने गर्दछन् । उदाहरण कै रूपमा “निर्मला जोशी” लाई लिन सकिन्छ । मदर टेरेसाकी उत्तराधीकारी भएर नेपालकी छोरी “निर्मला जोशीले” अन्तर्राष्ट्रिय व्यक्तित्व बन्न सफल भएकीछन जुन हाम्रो लागि गर्वको कुरा हो ।

त्यसैले महिलाहरूलाई उपयुक्त अवसर दिन सके अनिमात्र नेपालको उज्वल भविष्यको सम्भावना निहित छ । घरको उकस मुकुलको पर्खाल भित्र सधैँ डुबी रहेका साधारण नारीहरू आज कुशल प्रबन्धक भएर आफ्नो कार्यको दायित्व पुरुष जतिकै निर्वाह गर्दै आइरहेका छन् भने राजनीतिको दृष्टि कोणले हेर्दापनि नेपालमा प्रथम मन्त्री द्वारिका देवी ठुकराइन र प्रथम उप प्रधानमन्त्री शैलजानाथ आचार्यले पहिलो जिम्मेवारी पाइसकेको उदारहण हामी सामु प्रत्येक्ष छ |

अझै गर्वले नारीको शान भनौ देशमा पहिलो महिला सभामुख अनसारी घर्ती मगर Onsari Gharti Magar, is a Nepalese politician the first women Speaker of the Parliament of Nepal र नेपालकै सर्वोच्च न्यायालय देशको पहलो महिला मुख्य न्यायाधीश सुशीला कार्की, त्यस्तै Dawa Sherpa, First Nepali Woman to Earn Prestigious IFMG Certification, र विश्वमै
ख्याति प्राप्त नेपाल देशकी छोरी शास्त्रीय ज्ञान विज्ञता शंकाचार्य हेमानन्द गिरि नारीकै सछ्म महिला परिवर्तनका सफल उदाहरण हुन !

त्यस्तै नारी कै साहस र गर्वको कुरा गरौँ | नारीको प्रशंसनीय प्रथम नेपालकी महिला सगरमाथा चुचुरोमा पुगी नेपालको राष्ट्रिय झन्डा फरफराउने स्वर्गीय श्रीमती पासांग ल्याउन शेर्पा साहस की प्रेरणा भएर विश्व सामु आफूलाई चिनाउने प्रथम महिला थिइन | त्यस्तै नेपालकी नारी जागरणको प्रथम अभियन्ता योगमाया न्यौपानेले आफ्नो माग पुरा गराउन ६८ जना सहयात्रीसँगै एकै साथ अरुण नदीमा हाम फालेर सहादत गरेकी थिइन भने प्रथम महिला गायिका मेलवा देवीलाईपनि इतिहासको पानामा पाइन्छ ।

अझै नारीको गर्वका कुरा गर्ने हो भने लोकप्रियताको शिखरमा पुगेकी गायिका तारादेवीको लोकप्रियतालाई अहिले सम्म कसैले छुन सकेको छैन भने अर्कोतिर बेलायतबाट बैरिष्टरको डिग्री हासिल गर्ने प्रथम महिला अंगुरबाबा जोड़ीको आफ्नै रेकर्ड कायम छ । उनीहरूको यस भूमिकामा नवीनता छ, सृजनशीलताको आभा छ त्यसैले म भन्छु नेपालका नारीहरु पनि कहिल्यै कम्जोर छैनन् वास्तव मै भन्नु पर्दा नारीले यस्ता हजारौँ प्रतिभाहरू जन्मजात लिएर आएका हुन्छन् ।

पुरुष प्रधान समाजको निरङ्कुश मानसिकताबाट दबाइएकी, पछाडिइएकी र गलाइएकी छिन नारी । जहाँ प्रतिरोध केही कम भयो नारी प्रतिभा पुष्पित – पल्लवित हुन लागिन । समस्त शास्त्रको मान्यतालाई अध्ययन गर्ने हो भने जहिल्यै पनि गाउँ, समाज, राष्ट्र एवं विश्व विकासको उतंग शिखर स्थापित हुनुका पछाडि महत्त्वपूर्ण हात नारीहरूका त्याग, बलिदान एवं योगदान नै रहेको हुन्थ्यो । विश्वका अधिकांश देशहरूमा सफल घरेलु उत्पाद ( जीडीपी )मा महिलाहरूको सक्रिय भागीदारी बढी रहेको छ ।

धुरन्धर साहित्यकार पारिजातका सम्बन्धमा के भन्छन् शङ्कर लामिछाने ” कविको रूपमा र कवियित्री मैले जानी जानी भनिन यो के वाहियात कुरा । सृष्टिकारको पनि लिङ्ग हुन्छ र ? लिङ्ग हुने त निर्माता मात्र हुन ।

” कुमार संभवत “मा शिरीषको फुलको वर्णन गर्दा कालिदासले भनेका छन् ” – पदे सहेत भ्रमरस्य रेलवे शिरीष पुषपं न पुन : पत्रिका १ कथाको सार यही हो । तर पढ़ि सकेर मात्र सार बुझिन्छ चाहे कुमार संभवम ७०० वर्ष अधि किन न लेखिएको होस ,| अहँ शिरीषको फुलले आफ्नो धर्म छाडेको छैन – कालिदासका लागि पनि पारिजातका लागि पनि ।

ज्ञान उपलब्धिको पथमा मानव मस्तिष्क कहिले पनि थकाई मार्दैन भने उदारहण हुन नारी । स्थिरता अपनाउनुको अर्थ हो निष्क्रियपन, विनाश र मृत्यु । हाम्रो सम्पूर्ण चेतनाको यही त धर्म हो भन्ने गर्दछन् नारी । यो नियम हो त्यस आत्माको जसबाट जीवन र चेतना प्रसारित हुन्छन् सायद त्यसैले त उनलाई जननीको नाम दिएको हुन ।”

कुनै पनि राष्ट्रको निर्माणमा भाषा, साहित्यको भूमिका बड़ी महत्त्वपूर्ण हुन्छ। विशिष्ट साहित्य समाजका नागरिकहरूमा उत्तम गुणहरूलाई सञ्चार गर्छ तथा राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा मान,सम्मान दिलाउँछ । नेपाली साहित्य क्षेत्रमा पारिजात , उषा शेरचन , तोया गुरूँग देखि नयाँ पीढीका महिला रचनाकारहरूमा पनि राष्ट्र प्रति नजर , आस्थाका भाव वा नागरिक हरूका चेतनाका स्वर प्रस्फुटित हुँदै आएको छन् । विभिन्न भाषामा – भाषाहरूमा, रचनाहरूमा नेपाली जन जीवन ,मानवीयता संवेदनाहरूका गहन चित्रण गरेर देश विदेशमा नेपालीको शिर उच्च गर्न सफल भएका छन् ।

आज मिडिया पत्रकारिता एवं जनसंचारको क्षेत्रमा पनि महिलाहरूको वर्चस्व क़ायम छ । सेना , वायुयान उडाउनु , पर्वतारोहण आदि विभिन्न क्षेत्रहरूमा महिलाहरू भागीदारी भएर लैंगिक असमानतालाई टाढा पारेका छन् । शिक्षा विज्ञान, खेलकुद, व्यवसाय, सूचना – प्रोयोगिकी, चिकित्सा आदि सबै क्षेत्रमा महिलाहरू पुरुषहरू भन्दा योग्य साबित भएका छन् । गीत सङ्गीतको क्षेत्रमा पनि महिलाहरूले आकाशमा बुलन्दीलाई स्पर्श गरेर विदेशीहरूलाई पनि मोहित गरेका छन् । अनुराधा कोइराला लगायत अन्य महिलाहरूले सी एन एन हिरो भएर नेपालको मान बढाएका छन् । ती सबै प्रति राष्ट्र रृषि हुनुपर्छ । प्रजातन्त्र उप्रान्त नि: स्वार्थ भावबाट स्वराष्ट्रको नव निर्माण गर्दै विश्वको शिखरसम्म पुर्याउँन भगीरथ प्रयत्न गर्दै छन् । हामीलाई प्रकाश प्रदान गर्दै स्व गुमनाम अन्धकारमा हराउने ती अज्ञात वीरांगनाहरूलाई पनि म हृदयको असीम गहराईबाट श्रद्धा सुमन अर्पित गर्दछु । राष्ट्रिय निर्माणमा महिलाहरूको अभूतपूर्व योगदानको स्मरण गरेर मन स्वतः: नै भन्न थाल्दछ नारी तिमी महान् छौँ ।

शास्त्रै बोल्दछ नारी शक्ति सबका रम्छन् त्यही देवता ।
पीडा चोट सहेर धर्धरी रुँदा लाग्नेछ अर्थै कता ।।
जागौँ रक्षण गर्न नारी भ्रूण देखि नै समस्या छिन ।
पापी पाप समाप्त गर्न सबले चिन्ता गरौँ यो पनि ।।

गर्छु स्वागत यो दिवस सफलता छर्दै अगाडी बढोस् ।
नारी शक्ति संवृद्ध गर्न सबमा सद्भाव बढ्दै रहोस् ।।
शत्रूमित्रु पराए कोही नभनी सत्कर्म गर्दै सब ।
आऊँ एक भएर लौं अधि वढौ सम्पूर्ण नारी अब ।।

अत्याचार हटाउँदै अधि बढौँ आवाज एउटै गरी ।
राखी धैर्य संयष्णुता र क्षमता कर्तव्य सच्चा भरी ।।
देऊ बालकलाई वॉच्न खुसीले हॉसुन ती पुस्तै सरी।
वृद्धाहरू पनि सुरक्षित वनुन सम्मान उस्तै गरी ।।

 

# महासचिव, अन्तर्राष्ट्रिय नेपाली नारी आवाज, इजरायल