अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१८ | Colorodo: 06:33

आर्थिक विकासका लागि नेपालसँंग सहकार्य गर्न पोल्याण्ड तयार छ – राजदुत एडन बुराकोस्की

बिआरटीनेपाल २०७४ फागुन १५ गते ५:५६ मा प्रकाशित

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा लगानीको वातावरण बनेको भन्दै लगानीका लागि आग्रह गर्नु भएको छ ।

नेपाल चेम्वर अफ कमर्सले पोल्याण्डका राजदूत एडन बुराकोस्की (Adan Burakowski ) को स्वागतमा मंगलबार चेम्वर भबन कान्तिपथमा गरेको स्वागत कार्यक्रममा अध्यक्ष श्रेष्ठले निर्वाचन सफलतापूर्वक सम्पन्न भई स्थिर सरकार बनेसँंगै नेपालमा लगानीको सुरक्षित वातावरण बनेको जानकारी दिनुभयो ।

नेपालको पर्यटन, उद्योग लगायतका क्षेत्र लगानीका लागि उपयुक्त हुनसक्ने उहाँंले बताउनु भयो । नेपालमा लगानीको वातावरण बनाउन लगानी वोर्डसँंग पनि पटकपटक छलफल चलेको जानकारी दिंदै उहाँंले नेपालमा लगानी गरी दुवै देशको आर्थिक विकासमा योगदान दिन आग्रह गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओली मुलुकको आर्थिक विकासका लागि तत्पर रहेको जानकारी दिंदै उहाँंले नेपाल सरकारसँंग सहकार्य गरी अगाडि वढ्न आफूहरु तयार रही अगाडि वढिरहेको जानकारी गराउनुभयो ।

पोल्याण्डका राजदूत बुराकोस्कीले नेपालसँंग सहकार्य गरी दुवै देशको आर्थिक विकासका लागि पोल्याण्ड तयार रहेको बताउनु भयो । साथै उहाँंले दुई देशवीच विचार आदानप्रदान गरी अगाडि वढ्न पोल्याण्ड सरकार तप्पर रहेको पनि दोहयाउनुभयो ।

कार्यक्रममा नेपाल चेम्वरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षहरु कमलेश कुमार अग्रवाल, महेन्द्रमान श्रेष्ठ, कार्यसमिति सदस्यहरु लोकमान्य गोल्छा, देवेन्द्रभक्त श्रेष्ठलगायत पदाधिकारी तथा कार्यसमितिका सदस्यहरु सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू