अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२३ | Colorodo: 08:38

यसपालिको होलीलाई सभ्य बनाउन काठमाडौंमा थप १५ सय प्रहरी परिचालन गरिदैं

बिआरटीनेपाल २०७४ फागुन १३ गते २:१२ मा प्रकाशित

यसपालिको होलीलाई सभ्य बनाउन काठमाडौंमा १५ सय थप प्रहरी परिचालन गरिने भएको छ । प्रहरी परिसर टेकुमा पत्रकार सम्मेलन गरेर महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोख्रेलले यसपालिको होलीलाई जसरी पनि सभ्य बनाएरै छाड्ने दावी गर्दै सामान्य समयमा भन्दा १५ सय थप प्रहरी होलीको समयमा परिचालन गरिने जानकारी दिएका हुन्।

विगतमा पनि होली सभ्य बनाउने अभियान चलाएको जानकारी गराउँदै यसपटक भने कसैले पनि छुट नपाउने गरी विशेष अभियान चलाइने उनले बताए ।

पोख्रेलले भने ‘आफ्नो इच्छाविपरित कसैको रंग, लोला र पानीबाट काठमाडौंबासीले छुटकारा पाउनेछन्’, ‘यो हाम्रो घोषणा मात्रै होइन प्रभावकारी कार्यान्वयन गरेर होलीलाई सभ्य बनाउँछौं ।’

होलीलाई सभ्य बनाउन १ सय ६ वटा प्रहरी टोली परिचालन गरिने काठमाडौंमा होलीको दिन कतै आपराधिक क्रियाकलाप भएमा तत्कालै कारवाहीको लागि २० वटा टोली तयार अवस्थामा रहने पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू