अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०२ | Colorodo: 09:17

फिप्ना अध्यक्षमा मगर

बिआरटी नेपाल संवाददाता, न्यु योर्क २०७४ माघ १५ गते १०:२३ मा प्रकाशित

नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) को अध्यक्षमा मानबहादुर राना मगर विजयी भएका छन् । आइतबार शेर्पा किदुकको हलमा भएको अधिवेशनमा प्रतिद्वन्द्वी मणि बाङ्देललाई १८ मतले पछि पार्दै मगर विजयी भएका हुन् ।

कूल १४ वटा जातीय र क्षेत्रीय संस्था सदस्य तथा एउटा च्याप्टर रहेको फिप्ना अधिवेशनमा ६८ प्रतिनिधि (मतदाता) छन् । त्यसमध्ये अधिवेशनमा सहभागी प्रतिनिधिबाट बाङ्देलले २२ मत पाए भने मगरले ४० मत पाए । दुई कार्यकाल वरिष्ठ उपाध्यक्ष रहेका बाङ्देलले नव निर्वाचित अध्यक्ष मगरलाई खादा ओढाएर बधाई तथा शुभकामना दिए । मगर फिप्नाका पूर्व महासचिव तथा सल्लाहकार हुन् ।

मगरले फिप्नामा सर्वसम्मत नेतृत्व चयन गर्न हदैसम्म प्रयास गरेको उल्लेख गर्दै त्यसमा सहमति नभएपछि लोकतान्त्रिक अभ्यास उत्रनु परेको बताए । ‘हामीले लोकतान्त्रिक अभ्यास ग¥यौं र म अध्यक्षमा निर्वाचित भएँ,’ शपथ ग्रहणपलगत्तै उनले भने, ‘तर, हामीले सहकार्य गरेनौँ र हामी सँगै एक जुट भएर उभिएनौँ भने निर्वाचित कार्यसमितिले मात्र फिप्नाको उद्देश्य प्राप्ति गर्न सक्दैन ।’ उनले उद्देश्य प्राप्तिमा सवमन्य र सहकार्य गर्न सबैसँग आह्वान गरे । ‘सवन्मय र सहकार्य गर्न मैले कुनै कसर बाँकी राख्दिन,’ उनले भने ।

सहमति नभएपछि फिप्नाले निर्वाचन मार्पmत अध्यक्ष र महासचिव चुनेको हो । महासचिवमा प्रेम गुरुङ प्रतिद्वन्द्वी विनिता तामाङलाई १८ मतले पछि पार्दै विजयी भए । गुरुङले ४० मत पाएका थिए भने तामाङले २२ मत पाएकी थिइन् ।

फिप्नाको वरिष्ठ उपाध्यक्षमा राजकुमार बिस्ट, उपाध्यक्षमा निमा ल्हमो, कोषाध्यक्षमा विजयमान सिंह, सचिवमा गोवा शेर्पा र सदस्यमा जयवीर गुरुङ र फुर्पा लामा निर्विरोध निर्वाचित भए । नयाँ कार्य समितिलाई प्रमुख निर्वाचन आयुक्त भरत लामाले शपथ ग्रहण गराए ।

सम्बन्धित सामग्रीहरू