अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५३ | Colorodo: 03:08

६ दशक देखी नेपालमा रहि पर्वतारोहणमा योगदान पुर्याएकी अमेरिकी नागरिक इजिलावेथको निधन

बिआरटीनेपाल २०७४ माघ १२ गते ६:४१ मा प्रकाशित

सन् १९६० देखि नेपालमा रहेर नेपालको पर्वतारोहणका सम्बन्धमा अध्ययन र तथ्याङक संकलन गरेर सुरक्षित गर्दै आएकी अमेरिकी नागरिक इजिलावेथ हवलीको निधन भएको छ। सगरमाथा, केटु, कन्चनजंगा, ल्होत्से, मकालुलगायत विश्वका आठ हजार भन्दा अग्ला १६ हिमाल र चार हजार भन्दा बढी साना हिमाल आरोहण सम्बन्धीको तथ्याङक संकलन र सुरक्षित गरेकी एलिजाबेथको ९४ बर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन भएको हो।

हिमालन डाटावेस संस्था नै स्थापना गरेर उनले विश्वभरका हिमालको आरोहण तथ्याङक राख्ने राख्दै आएकी इजिलावेथलाई नेपाली पर्वतारोहण क्षेत्रकी बैंकको उपनाप समेत प्रदान गरिएको थियो ।

हिमालयन डाटावेसकै रुपमा आरोहणका लागि तय गरिएका योजना, आरोहण गाइडको जानकारी, आरोही र आरोहण दलका सदस्यको पूर्ण जानकारी, आरोहणको अवधि, अवस्था र आरोहण सम्पन्न भए नभएको, मौषमको अवस्थालगायतका सम्पूर्ण जानकारीको रेकर्ड उनले राख्ने गरेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू